Comments Add Comment

भूकम्पमा मृतकको संख्या ८ हजार ६५० पुग्यो

९ जेठ, काठमाडौं । गत वैशाख १२ र २९ गते आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ६५० पुगेको छ । २२ हजार ४० जना घाइते भएका छन् । यो विवरण शनिबार विहान १० बजेसम्मको हो ।

फाइल तस्वीर

भूकम्पबाट ज्यान गुमाउनेहरुमा काठमाडौं उपत्यकामा १ हजार ७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४०८, पश्चिम क्षेत्रमा ४५२ र मध्य पश्चिम क्षेत्रमा २ जना छन् । घाइते हुनेहरुमा काठमाडौं उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा ७ हजार २३३, पश्चिम क्षेत्रमा १ हजार ३३२, मध्यपश्चिम क्षेत्रमा ३६ र सुदूरपश्चिम क्षेत्रमा २ जना छन् ।

मृतक ८ हजार ६१२ जनाको शव आफन्तलाई बुझाइसकिएको छ भने घाइतेमध्ये ५ हजार ३०७ जना विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यसैगरी हालसम्म २३० नेपाली र ८९ विदेशी नागरिक बेपत्ता भएका छन् ।

६ लाख २ हजार ६५३ भौतिक संरचना क्षतिग्रस्त

Earthquake Nepal 2015 (23)

भूकम्पबाट पूर्ण तथा आंशिक गरी ६ लाख २ हजार ६५३ भौतिक संरचनाहरु क्षती भएका छन् । सबैभन्दा धेरै पश्चिम क्षेत्रमा १ लाख ४५ हजार ४२८ भौतिक संरचनामा क्षति पुगेको छ । काठमाडौं उपत्यकामा ६७ हजार १८८, पूर्व क्षेत्रमा ४५ हजार ९३०, मध्य क्षेत्रमा २० हजार ८६२, मध्यपश्चिम क्षेत्रमा ३ हजार १९५ र सुदूरपश्चिम क्षेत्रमा ५० भौतिक संरचना क्षतिग्रस्त भएको प्रहरीको तथ्यांक छ ।

नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका भूकम्प प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानी लगायतका राहत सामाग्री वितरण भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती गर्ने, उद्दार तथा खोज कार्यमा पनि सुरक्षाकर्मीहरु खटिएका छन् । नेपाल प्रहरीबाट देशभर ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment