Comments Add Comment

भूकम्पले पूर्वाञ्चलबासीलाई सम्झायो ०४५ साल

९ जेष्ठ, बिराटनगर । भूकम्पले मध्य नेपालमा मात्रै होइन, पूर्वाञ्चलमा समेत निकै ठूलो क्षति पुर्‍याएको तथ्यांक प्रहरीले तयार पारेको छ ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार भूकम्पले ५७ जनाको मृत्युभएको छ ।

eastern-development-regionबैशाख १२ र २९ गते गएको भूकम्पमा परी २ सय ८ महिलासहित ४ सय ४७ जना घाइते भएका थिए ।

भूकम्पका कारण पूर्वाअञ्चलमा १४ हजार ८ सय ९६ घर निजी घर पुर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

भूकम्पमा १६ जिल्लामध्ये सबैभन्दा बढी सोलुमा २२ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी सोलुमा २६ हजार ३ सय घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । पछिल्लो पटक २९ गते आएको भूकम्पले पनि सोलुमा थप ४ हजार २ सय ३५ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यसैगरी ३८ हजार ५ सय ६४ वटा घर आशिंकरुपमा क्षति पुगेको छ ।

प्रहरीको तथ्याङअनुसार वैशाख १२ र २९ गते आएको भूकम्पले पुर्वाञ्चलमा १ सय ६ वटा स्वास्थ्य संस्था पूर्ण रुपमा क्षति भएको छ भने १ सय ३२ वटा आशिंक क्षति भएका छन् ।

त्यसैगरी ३ सय ३ वटा शैक्षिक संस्था पूर्ण रुपमा भत्किएका छन् । ८ सय ९६ वटा विद्यालयमा आशिंक क्षति भएको छ ।

क्षेत्रीय प्रहरी कार्यालयका अनुसार ६२ वटा सरकारी कार्यालय पूर्णरुपमा क्षति भएका छन् भने २ सय ५५ वटामा आशिंक क्षति पुगेको छ ।
त्यसैगरी ३४ वटा प्रहरी कार्यालयहरु पुर्णरुपमा क्षति पुगेको छ भने २ सय २१ आशिंक रुपमा क्षतिग्रस्त भएका छन् ।

पूूर्वाञ्चलमा ५२ वटा समाजिक संघ संस्थाका भवन पूर्ण रुपमा क्षति भएका छन् भने १ सय २४ वटामा आशिक क्षति पुगेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उदयपुरलाई केन्द्र बनाएर ४५ सालमा आएको भूकम्पमा गरी पूर्वाञ्चलमा सात सय मानिसको ज्यान गएको थियो भने ६५ हजार घर भत्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment