Comments Add Comment

सरकार पीडित नेपाली जनतासँगै छ : प्रधानमन्त्री कोइराला

९ जेठ, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले सरकार भूकम्पपीडित नेपाली जनतासँगै रहेको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागद्वारा शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विपद् व्यवस्थापन स्वयंसेवक शुभारम्भ कार्यक्रममा कोइरालाले भूकम्पले पारेको विपत्तिको नेपाली जनताले सामना गरिरहेको बताए ।

Koirala-putting-hat-on-Dhan

  • प्रधानमन्त्री सुशील कोइराला काँग्रेस खेलकुद विभागका प्रमुख धनराज गुरुङलाई ह्याट लगाइदिँदै । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

राष्ट्रको यस विपत्तिमा युवा वर्गको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे । काँग्रेस सभापति समेत रहेका कोइरालाले नयाँ नेपालको निर्माणमा जुट्ने युवाको अठोट अत्यन्त प्रशंसायोग्य भएको र यसमा सहयोग पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले यस विपत्तिबाट पाठ सिक्दै यस्ता र यसभन्दा ठूलो विपत्ति आइपरे पनि २४ घन्टाभित्र खोजी, राहत तथा उद्धार गर्न सक्ने किसिमको सक्षमता कायम गर्नेतर्फ लाग्नुपर्ने बताए ।

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो राष्ट्रको निर्माण आफैँ गर्न सक्छौँ भन्ने कुराका साथ सुरु भएको अभियान आफैमा महत्वपूर्ण रहेको बताए । उनले भने, ‘भूकम्पले हामीलाई चुनौती दिएको छ, यस बेला आलस्यपनबाट उठी श्रमको पूजा गर्ने बेला हो, तत्काललाई अस्थायी टहरा निर्माण गरी देशमा एकीकृत बस्तीको योजना ल्याउनुपर्छ ।’

काँग्रेस खेलकुद विभागका प्रमुख धनराज गुरुङले अब राष्ट्रको नवनिर्माणका लागि प्रत्येक युवा श्रमिक बनेर खट्नुपर्ने बेला आएको बताए । ‘यस अभियानमा अर्काको मुख ताक्नु हुँदैन, हामी आफैँ अग्रसर हुनुपर्छ,’ उनले भने ।

‘विपद् व्यवस्थापनका लागि श्रमदान नवनिर्माणका लागि हाम्रो अभियान’ भन्ने नाराका साथ देशभरका भूकम्प प्रभावित जिल्लामा स्वयंसेवक परिचालन गरिने बताइएको छ ।

उक्त अवसरमा प्रधानमन्त्री कोइराला, काँग्रेसका नेताद्वय देउवा र पौडेलले विपद् व्यवस्थापन एवम् श्रमदानका लागि स्वयंसेवकलाई निर्माणका सामग्री हस्तान्तरण गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment