Comments Add Comment

कतारका नेपाली कलाकार राहत बाड्दै गाउँगाउँमा

घनश्याम पराजुली (कृष्ण)

दोहा । अन्तराष्ट्रिय कलाकार मञ्च कतारको पहलमा विनासकारी भूकम्पबाट प्रभावित ६ जिल्लाका गाउँगाउँमा कलाकारहरुले राहत बाँडेका छन् ।

मञ्चका भुपेन्द्र रिठ्ठा मगर, महासचिव बविन राई र गायिका इन्दिरा शाहको संयोजकत्वमा ३ समूह राहत वितरणका लागि गाउँ गाउँ पुगेका छन् ।

kalakar munch qatarमञ्चका सह कोषाध्यक्ष कुमार लामा सदस्यहरु कन्चन राई, कमल परियार, बिक्कल थापा, साबी थापा, ईमानजङ्ग बाँनिया लगायतका कलाकारहरु साथै स्थानीयहरुको सहयोगमा राहत वितरण गरिएको हो ।

कलाकारहरुको टोलीले दोलखाको नाम्दु गाविसमा १२० वटा त्रिपाल, गोरखाको ताप्लेका ७० घर परिवारलाई चामल, तेल, नुन र चिउरा वितरण गरेको छ ।

त्यस्तै उनीहरुले नुवाकोटको सात दोवाटोका ६ वटा वडामा खाद्य सामग्री तथा त्रिपाल वितरण गरेका छन् । नुवाकोटको दरवार परिसरमासमेत त्रिपाल वितरण गरिएको छ ।

त्यस्तै एस्पायर एकेडमी कतारले सहयोग गरेको लत्ताकपडा समेत वितरण गरियो । सुरेन गुरुङ्को पहलमा एस्पायर एकेडमीले सहयोग गरेको हो ।

सिन्धुपाल्चोकको पाटिगाउँमा १५० घरपरिवारलाई खाद्यान्न लगायत लत्ताकपडा वितरण गरियो भने रसुवाको भोर्ले ५ मा ६ परिवारलाई ३ हजारका दरले नगद सहयोग गरेको थियो ।
त्यस्तै भोर्ले ४ मा गोसाईकुण्ड समाज कतारका प्रतिनिधि कर्म सिंहलाई राहत बाड्ने गरी ८२ हजार हस्तान्तरण गरिएको छ ।

कतारमा १० लाख संकलन

कतारमा पहिलो चरणमा गरिएको सहयोग अभियानमा १० लाख रुपैया उठिसकेको मञ्चका अध्यक्ष भविन्द्र तामाङ्गले बताए । नेपालमा करिव ८ लाख बराबरको राहात वितरण भईसकेको र बाँकी राहात वितरणको काम सुचारु रहेको उनले जानकारी दिए ।

त्यस्तै मञ्चले कतारी रियाल २० हजारका हाराहारीमा टेन्ट, लत्ताकपडा, बलाङकेट र कम्मल लगायतका साम्रगीहरु पठाएको छ । मञ्चलाई कतारमा कार्यरत मलेसियन नागरिक इश्वरी सचियानाथनले ७ सय किलो बरावरको राहत सामाग्री उपलब्ध गराएकी छिन् ।

उनले चामल, चाउचाउ, बच्चाको लागि लत्ताकपडा, तेल, विष्कुट, दूध, टावल, ब्लाङकेट लगायत १५ थरीका सामाग्री मञ्चका अध्यक्ष तामाङ्गलाई हस्तान्तरण गरेकी हुन् ।
मञ्चले गैरआवासीय नेपाली संघको राहत कोषमासमेत १ लाख ५१ हजार १ सय ५१ रुपैया जम्मा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment