Comments Add Comment

राहत कोषमा कास्कीका कर्मचारीबाट डेढ करोड सहयोग

९ जेठ, पोखरा । कास्कीमा कार्यरत कर्मचारीहरुले भूकम्प पीडितहरुका लागि डेढ करोड रुपैयाँ सहयोग गरेका छन् । कास्कीमा कार्यरत सरकारी कर्मचारीको तलब कट्टा गरी १ करोड ५३ लाख ४४ हजार १ सय ७३ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले सो सहयोग सेना र सार्वजनिक संस्थानका कर्मचारी बाहेकको मात्र भएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट ४० लाख ६५ हजार रुपैयाँ पठाइएको छ । कास्कीमा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरुको तलबबाट ९१ लाख रुपैयाँ सहयोग रकम खातामा जम्मा भएको प्रजिअ राउतले बताए ।

कास्कीमा अहिलेसम्म ३ हजार ५ सय ४१ परिवारलाई १ करोड १८ लाख ६५ हजार रुपैयाँ बराबरको राहत वितरण गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment