Comments Add Comment

‘विद्यालय क्याम्पस सूचारु भएमात्रै जनजीवन सामान्य’

९ जेठ, काठमाडौ । राजधानीको जनजीवन सामान्य हुन विद्यालय क्याम्पसहरु सूचारु गर्नुपर्ने शिक्षाविद तथा सरोकारवालाहरुले सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा शनिवार आयोजित साक्षात्कारमा सरोकारवालाहरुले शैक्षिक सस्था सूचारु भए जनजीवन सामान्य हुने बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरी लम्सालले सरकारले सबैसँगको सल्लाहमा जेठ १७ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय भईसकेकोले विद्यालय सञ्चालन गरिने बताए ।

विद्यालय क्याम्पस सूचारु गरिए पनि औपचारिक रुपमा पठनपाठन गर्न समय लाग्ने उनले बताए । केही विद्यालयका भौतिक संरचना नै संकटमा रहेकाले सबै विद्यालय भने जेठ १७ गतेबाटै खुल्ने सम्भावना भने नरहेको बताए ।

education reporter's clubउनले विद्यालय सूचारु गर्न शिक्षकहरुको लागि पनि परामर्शको आवश्यकता रहेकोले त्यसतर्फ ध्यान दिइने बताए । उनले अहिलेकै शैक्षिक क्यालेण्डर अनुसार शिक्षाको कार्यक्रमलाई अघि बढाउनु पर्ने भन्दै त्यसमा केही मतमतान्तर भए आपसमा छलफल गरेर मिलाउने बताए ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले आफूहरु आगामी जेठ २२ गतेबाट कक्षा सूचारु गर्ने योजनामा रहेको बताउँदै तत्काल त्रासले सबै कक्षाहरु सञ्चालन हुन सक्ने अवस्था भने नरहेको बताए ।

महर्जनले जिर्ण क्याम्पस मर्मत र भत्किएकालाई निर्माण गरेर सूचारु गर्न दुई अर्व बढी लाग्ने भन्दै त्यसको लागि १५ करोड त्रिभुवन विश्वविद्यालयले छुट्याएको, कर्मचारी र प्राध्यापकहरुको निश्चित तलब दिने निर्णय भईसकेकोले अब पुनर्निर्माण र मर्मतको काम अघि बढ्ने बताए ।

सीटीईभीटीका नियन्त्रक शिवशंकर घिमिरेले सीटीईभीटी अन्र्तगतका कलेजहरुको जेठ १७ गतेबाट र परिक्षा जेठ २५ गतेबाट सूचारु हुने जानकारी दिदै भौतिक संरचना क्षतिग्रस्त भएका कलेजहरुमा अस्थायी ब्यवस्था गरेर अध्यापन सूचारु गरिने बताए । उनले सीटीईभीटीले छोटो समयको तालिम दिएर भुकम्प प्रतिरोधी भवन निर्माणको लागि जनशक्ति उत्पादन गरेर परिचालन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

शिक्षाविद्ध डा. विद्यानाथ कोइरालाले विद्यालय धेरै दिन अघि नै खोल्नुपर्ने आवश्यकता औल्याउँदै विद्यालय खोलेर विपत्तिका विषयहरुमा शिक्षक र विद्यार्थीहरुवीच बहस चलाएर बातावरणलाई सहज बनाउनुपर्ने बताए ।

हिसानका उपाध्यक्ष रमेश सिलवाल जेठ १० गते आईतवारबाटै निजी कलेजहरु सञ्चालनमा आउने भन्दै समाजमा ब्याप्त त्रास लाई न्यून गर्न आफूहरु कक्षा सञ्चालनमा लागेको बताए ।
एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले भुकम्पबाट त्रस्त जीवनलाई सहज बनाउन विद्यालय सूचारु गर्नु पर्ने आवश्यकता औल्याए ।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले आगामी जेठ १७ गतेबाट सूचारु हुन नसक्ने विद्यालयको विषयमा निजी क्षेत्र, अभिभावक र सरकारले छलफल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment