Comments Add Comment

भूइँचालोको भोलिपल्ट आगो लाग्दा रहेन तामाकोशी बजार

९ जेठ, काठमाडौं । दोलखाको तामाकोशी नदी किनारामा रहेको सुन्दर तामाकोशी बजार भूकम्प आएको भोलिपल्ट आगलागीको चपेटामा पर्‍यो ।

Tamakoshi-2

सयभन्दा बढी घर रहेको यो बजारलाई पहिलो भूकम्पले खासै नबिगारे पनि बैशाख २९ गतेको दोस्रो भूकम्प र ३० गतेको आगलागीले ध्वस्त बनाएको हो ।

दोलखाको पर्यटकीय नगरी जिरी सडक खण्डमा पर्ने यो बजारमा निकै ठूलो चहलपहल हुन्थ्यो । तर, भूकम्प र आगलागीले यतिखेर सिंगै बजार घाटजस्तो देखिएको छ ।

‘यति सुन्दर बजार हेर्दार्हेदै मसान घाटजस्तो भयो,’ स्थानीय व्यवसायी तेजबहादुर खड्काले आफ्नो ध्वस्त भएको घर देखाउँदै अनलाइनखबरसँग भने- पहिलो भूकम्पकै कारण स्थानीयहरु त्रिपालमा सुतेका हुनाले मानवीय क्षति भने हुन पाएन । तर, बजार ध्वस्त भयो ।’

माछाका लागि निकै प्रख्यात रहेको यो बजारमा दैनिक करोडभन्दा बढीको कारोबार हुने गरेको खड्काले जानकारी दिए ।

उजाड तामाकोशी बजारका केही दृश्य :

Tamakoshi Tamakoshi-1
Tamakoshi-3 Tamakoshi-4 Tamakoshi-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment