Comments Add Comment

वर्षा अघि नै बस्ती सारौं : सिटौला

Krishna-Sitaula

९ जेठ, मेलम्ची । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भूकम्प प्रभावित क्षेत्रका जोखिम बस्तीलाई वर्षा अघि नै सुरक्षित स्थानमा सार्नुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको विकट बस्ती बरुवा, बाँसखर्क, दुवाचौर लगायतका गाविसको स्थलगत निरीक्षण पछि उनले भूकम्प पीडितलाई पर्याप्त खाद्यान्न र सुरक्षित बासको व्यवस्था मिलाउन सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

निरीक्षणका क्रममा सिटौलाले भूकम्पले सबैभन्दा बढी क्षती सिन्धुपाल्चोकको ३ नम्बर क्षेत्रमा भएको बताए । ‘बरुवा गाबिसका कतिपय वडाहरु सुख्ख्ाा पहिरो र ध्ााँजा फाटेकाले बस्न नमिल्ने छन्,’ उनले भने, ‘भूकम्पले जोखिमयुक्त सबै बस्तीहरुलाई मनसुन सुरु हुनुभन्दा अघि नै सुरक्षित स्थानमा सार्नुपर्छ ।’

राहत नपाएको गुनासो

बरुवाको माथिल्लो भेगका बासिन्दाले अहिलेसम्म पर्याप्त राहत नपाएको गुनासो गर्दै आएका छन् । भूकम्पबाट बरुवामा मात्रै १२१ ज्ानाको मृत्यु भएको छ । स्थानी केही ब्यक्ति सम्पर्कविहीन छन् ।

पूर्वगृहमन्त्री समेत रहेका सिटौलाले प्राकृतिक बिपत्तीका बेला कुनै पनि दल, संघसंस्था र निकायले आफ्नो स्वार्थ वा प्रभाव भन्दा राष्ट्र निर्माणमा केन्दि्रत हुनुपर्ने बताए । विशेष गरी युवा वर्गलाई पुनर्निर्माणमा जुट्न उनले आह्वान गरे ।

सिटौलाले रेडियो मेलम्चीको पनि निरीक्षण गरेका छन् । भूकम्पबाट क्षतिग्रस्त रेडियो मेलम्ची हाल अस्थायी शिविरबाट प्रसारण भैरहेको छ ।

– कूल तामाङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment