Comments Add Comment

भूइँचालोको बाहनामा व्यापारीलाई मालामाल !

९ जेठ, काठमाडौं । सरकारको ढीलासुस्तीका कारण आगामी जेठ १३ गतेसम्म विभिन्न सामानमा भन्सार शुल्क नलाग्ने भएपछि काला बजारियाहरुलाई मालामाल हुने भएको छ ।

Market

राहतका नाममा विदेशबाट भन्सार नतिरी सामान भित्र्याउने र गोदाममा थन्क्याएर कर छली गर्ने कार्य तीब्र बनेको गुनासो आइरहेका बेला सरकारले यस्तो सुविधा भूकम्प आएको एक महिना कट्दासम्म प्रदान गरेर भन्सार छल्नेहरुलाई सजिलो बनाइदिएको छ ।

वैशाख १२ गते पहिलो भकम्प जानासाथ एयरपोर्ट र अन्य नाकाबाट राहत सामाग्रीहरु भित्रिन थालेका थिए । प्रधानमन्त्री सुशील कोइराला पहिलो पटक एयरपोर्ट निरीक्षणमा जाँदा एनजीओले ल्याएको राहत भन्सार विवादका कारण रोकिएको गुनासो आएपछि तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

तर, राहतका नाममा आउने कुन कुन सामाग्रीमा भन्सार छुट गर्ने भन्ने सूची तयार पार्न सरकारलाई ६ दिन लाग्यो, जतिबेलासम्म धेरै सामान नेपाल छिरिसकेको थियो । भैरहवामा कतिपय राहत सामाग्री व्यापारीको गादाममा भेटिएको थियो ।

bamdev-gautam Storyगृहमन्त्रालय अन्तरगत केन्द्रीय दैवी प्रकोप उद्धार समितिको वैशाख १७ गतेको बैठकले बल्ल भन्सार छुट गर्ने सामानको सूची तयार पार्ने निर्णय गर्‍यो ।

सो निर्णयमा भनिएको थियो-‘गृह, वाणिज्य, कृषि, अर्थ, शहरी विकास मन्त्रालयका सचिवहरुले संयुक्तरुपमा भूकम्प पीडितका लागि आवश्यक पर्ने राहत सामाग्रीको सूची तयार गरी केन्द्रीय दैवी प्रकोप उद्धार समितिका अध्यक्षबाट अनुमोदन गराई सार्वजनिक गर्ने….।’

तर, यसलाई विडम्बना नै मान्नुपर्छ, हतार-हतार गर्नुपर्ने यससम्बन्धी निर्णय गर्न र सो सूचीलाई गृहमन्त्री वामदेव गौतमबाट अनुमोदन गराउन ठ्याक्कै १७ दिन लाग्यो । सरकारले कुन-कुन सामानमा भन्सार छुट गर्ने भन्ने सूचीलाई अन्तिम रुप दिने काम गहृमन्त्री स्तरबाट जेठ ३ गतेमात्रै गर्‍यो ।

नेपाल सरकार, मन्त्रालयका सचिवहरु र गृहमन्त्रालयको काम गराइ कति छरितो छ भन्ने यसबाट स्पष्ट हुन्छ । गृहमन्त्रीले भन्सार छुट दिने सामानको सूची जेठ ३ गते अनुमोदन गरिरहँदा देशमा दुईचोटि भूइँचालो आइसकेको थियो । व्यापारीहरुले भित्र्याउनुपर्ने जति सामान विना भन्सार भित्र्याइसकेका थिए ।

हेर्नुहोस् गृहमन्त्रालयको निर्णय

Home ministry

गृहमन्त्रालयले जेठ ३ गते गरेको निर्णयमा भन्सार छुट दिइने सामानको सूची सार्वजनिक गर्नुका साथै यो निर्णय भएको मितिले १० दिनसम्म छुट पाइने व्यवस्था गरेर व्यापारीलाई कर छलीमा थप सजिलो पारिदिएको छ ।

जेठ ३ गतेको निर्णय सार्वजनिक गर्दै गृहमन्त्रालयका उपसचिव लीलाधर अधिकारीले यो सूची स्वीकृत भएको मितिले १० दिन (जेठ १३) सम्म भन्सार छुट पाइने बताएका छन् ।

के-के सामानमा छुट

प्रथम पटक भूइँचालो गएको २२ दिनपछि गृहमन्त्रीले अनुमोदन गरेको भन्सार छुटको सूचीमा औषधि र औषधिजन्य सामाग्री एवं उपकरणहरु २२९ प्रकारका छन् ।

त्यसैगरी आवासका लागि ८ प्रकारका सामानहरु जस्तै- टेण्ट, त्रिपाल, म्याट, ब्ल्याङकेट, मोबाइल ट्वाइलेट (विद्यालय र क्याम्पका लागि मात्र), स्टोरेज ब्याग, इन्फ्लाटेबल वाटर टैंक र जेनेरेटर (विद्यालय र क्याम्का लागि) मा भन्सार छुट गरिएको छ ।

त्यसैगरी सरसफाइ र सुशद्धतासम्बन्धी पानी शुद्ध पार्ने सामग्री, पियुष लगायत ५ प्रकारका समानमा जेठ दोस्रो सातासम्म भन्सार छुट हुनेछ ।

खानेकुराको हकमा चामल, चिउरा, खानेतेल, लिटो, गहुँको पीठो र दलहनमा पनि भन्सार छुट गरिएको गृहमन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूची

Tax Free

गृहमन्त्रालयको ढीलासुस्ती निर्णयका कारण चामल, पीठो, खाने तेल र दाल नेपालमा भित्र्याउने व्यापारीहरुले अब जेठ १३ सम्म भूकम्पको निहुँमा राम्रोसँग फाइदा उठाउने अवसर पाएका छन् ।

सरकारी निर्णय गराइ नै यस्तो फितलो छ । अनुगमनमा सरकार झन कमजोर छ । यसको फाइदा उठाएर व्यापारीले राहतका नाममा भन्सार छुटको सामाग्री जोहो गर्ने राम्रो अवसर पाएका छन् । तातोपानी नाका अवरुद्ध भएकाले विशेष गरी भारतबाट आयात गरिने सामानमा यसपालि सरकारी राजस्वमा निकै ठूलो घाटा पर्ने आर्थिक क्षेत्रका विश्लेषक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment