Comments Add Comment

रूखले किचेर स्वयंभूमा एक महिलाको मृत्यु, विमानस्थल केहीबेर अवरुद्ध

hawa

  • टुँडीखेलमा भूकम्प पीडितले टाँगेको पाल हावा पानीले उडाइदिएको छ । तस्वीर : श्रीधर पौडेल

९ जेठ, काठमाडौं । राजधानीमा शनिवार अकस्मात आँधी हुरी चल्नुका साथै पानी परेपछि जनजीवन अातंकित बन्याे। अाँधीका कारण रूखले किच्याउँदा स्वयंभूमा एक महिलाको मृत्यु भएको छ भने खुल्लामञ्चमा टाँगिएका त्रिपाल अाँधीले उडाएपछि भूकम्प पीडतकाे भागाभाग भएकाे छ ।

हावाहुरी बन्द भएपछि पीडितहरु आफ्नो अस्थायी बासस्थान मिलाउन र त्रिपाल टाँग्न थालेका थिए । प्रहरीहरु पनि गैंतीबेल्चासहित पीडितहरुलाई सघाउन टुँडीखेल पुगेका थिए ।

Tudikhel

अाँधीका कारण अन्तराष्ट्रिय विमानस्थलसमेत एक घण्टा अबरुद्ध भयो । भूकम्प पीडितको उद्धारमा परिचालित २ वटा हेलिकोप्टर काठमाडौंमा अवतरण हुन नसकेपछि रामेछापमा अवतरण गरियाे।

पत्नीको मृत्यु, पति घाइते

स्वयंभू सानो भर्‍याङमा हुरीले ढालेको रुखले किच्दा एक महिलाको मृत्यु भएको छ । आँधी हुरीले मोटरसाइकल ढाल्न लागेपछि रोक्न खोज्दा अचानक रुख ढलेर किच्दा ३२ वर्षीया लक्ष्मीकुमारी सुवेदी दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयंभूका अनुसार मृतक लक्ष्मीका पति मोटरसाइकल चालक ४२ वर्षीय गणेश दाहाल घाइते भएका छन् ।

बुढानीलकण्ठ नगरपालिका ३ का बासिन्दा सुवेदी दम्पत्ति बा ३४ प ११०६ नम्बरको पल्सर मोटरसाइकलमा स्वयंभूबाट बालाजुतर्फ गइरहेका थिए । घाइते गणेश दाहालको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यसैबीच हावाहुरीले रुख ढाल्दा पशुपति क्षेत्रमा एक ट्याक्सी क्षतिग्रस्त भएको छ । ट्याक्सी चालक घाइते भएका छन् ।

विमानस्थल एकघण्टा अवरुद्ध

तीब्र गतिमा आएकाे आँधीहुरीले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल एकघण्टा अबरुद्ध भएको थियाे । सवा पाँच बजेदेखि ६ बजेर २० मिनेटसम्म होल्डिङ भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिए । ‘ठूलो हुरी चलेर रन वेमा जस्ता पाता उडाउन थालेपछि केहीबेर होल्डिङ भए पनि अहिले उडान अवतरण सुरु भैसकेको छ,’ श्रेष्ठले भने ।

केहीबेरको होल्डिङपछि फ्लाइ दुबईको विमान अवतरण गरेको थियो ।

दुई हेलिकोप्टर रामेछाप फर्किए

हावाहुरीले काठमाडौंमा अवतरण गर्न नसकेपछि दुईवटा हेलिकोप्टर रामेछापमा अवतरण गरेका छन् । जुलियट जुलु र जुलियट डेल्टा हेलिकोप्टर काठमाडौं अवतरण गर्न नसकेपछि रामेछापमा आकस्मिक अवतरण गरेको श्रेष्ठले बताए । ती दुबै हेलिकोप्टर भूकम्प पीडितहरुको उद्धारमा खटिएका थिए ।

गोर्खामा असिना पानी

एक्कासी मौसममा आएको परिवर्तनलाई कतिपयले भूकम्पसँग जोडेर अपब्याख्या समेत गरेका थिए । तर भूकम्प र शनिबारको आँधी-पानीको कुनै सम्वन्ध नभएको मौसम विज्ञान विभागका महानिर्देशक ऋषीराम शर्माले बताए ।

‘भूकम्पसँग यसको कुनै सम्वन्ध छैन, हामीले पानी पर्ने विहानै भनिसकेका थियौं,’ उनले भने ।

मौसमविदहरुका अनुसार गोर्खा, धादिङ, लम्जुङ लगायतका जिल्लाका केही स्थानमा हावाहुरीसँगै असिना पानीसमेत परेको थियो । पानीले पहाडी जिल्लामा पहिरो गएर केही सडकहरु अबरुद्ध भएको प्रारम्भिक जानकारी आएको छ ।

हावाहुरीपछि भूकम्प पीडित बसेको टुँडीखेलमा यस्तो देखियो

Tudikhel (3) Tudikhel (4) Tudikhel (6) Tudikhel (8) Tudikhel (9) Tudikhel (10) Tudikhel (11) Tudikhel (12) Tudikhel (14) Tudikhel (18) Tudikhel (23) Tudikhel (30) Tudikhel (31)

तस्वीर : श्रीधर पौडेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment