Comments Add Comment

धापाखेलमा युवासंघले बनायो अस्थायी घर

९ जेठ, काठमाडौं । एमाले सम्बद्ध युवा संघ नेपालले ललितपुरको धापाखेलस्थित मालीगाउँका भूकम्प पीडित १० घर परिवारका लागि शनिवार अस्थायी टहरा बनाइदिएको छ ।

Yuba-Sanghयुवा संघका स्वयंसेवकहरुको श्रमदान र संघको एक लाख रुपैयाँ लागतमा ती टहरा निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरिएको महासचिव राजिव पहारीले जानकारी दिए ।

भूकम्प पीडितहरुको राहत तथा पुननिर्माण अभियान अन्तर्गत एकै दिनमा ती टहरा निर्माण गरिएको उनले बताए ।

थप एक सय टहरा एक साताभित्र बनाइने संघका अन्तरजिल्ला संयोजक जय गुरुङले बताए ।

भूकम्पले घर भत्काएपछि त्यहाँका बासिन्दा पालमुनि बस्दै आएका छन् । संघमा महासचिव राजिव पहारी तथा सचिवालय सदस्यहरु क्षतिज थेवे, सरस्वती खड्का, रवी कार्की, अन्तरजिल्ला अध्यक्ष जय गुरुङ लगायत एक सय युवा कार्यकर्ता सो क्षेत्रमा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment