Comments Add Comment

बाराका किशोरी छाक काटेर राहत जुटाउँदै

सुभाषप्रसाद साह

९ जेठ, बारा । बारा महेशपुर गाविसस्थित अति बिपन्न परिवारकी १७ वर्षीया किशोरी रिंकुकुमारी शर्मा संवाद कार्यक्रमको प्रशिक्षण लिन राजधानी काठमाडौं पुगेकी थिइन् । प्रशिक्षणकै क्रममा वैशाख १२ गते मुलुकमा आएको बिनाशकारी भूकम्पको धक्का र त्यसले धनजनमा पारेको क्षतिलाई यिनले नजिकैबाट नियालीन् । भूकम्पमा परी ज्यान जोगाउन सफल यिनी आफ्नो गाउँ फर्केर बिपत्तिको यस घडीमा पीडित परिवारका लागि राहत जुटाउने काममा सक्रिय छिन् ।

Bara

रिंकु जस्तै गाउँमा खुलेको सम्वाद केन्द्रमा नियमित छलफलमा सहभागी हुने र राहत जुटाउने काममा बाराका किशोरीहरु यतिबेला सक्रिय छन् । सम्वाद केन्द्रका सबै दलित, मुस्लिम र बिपन्न परिवारका किशोरीहरु आफ्नो छाक कटाएर भूकम्प पीडितलाई सहयोग गर्छन् । उनीहरु अरुबाट राहत संकलन गर्न पनि सक्रिय छन् । महेशपुरका किशोरीहरुलाई बारा मोतिसर र लिपनीमाल सम्वाद केन्द्रका किशोरीहरुले पनि साथ दिएका छन् ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण विद्यालयको पढाइ पूरा गर्न नसकेका दलित, मुस्लिम र बिपन्न परिवारका किशोरीहरुलाई जीवनउपयोगी शिक्षासंगै अन्य सामाजिक शिक्षा र ज्ञान दिन बाराका केही गाविसमा किशोरी सम्वाद केन्द्र सन्चालनमा छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय शिक्षाबाट बन्चित यी किशोरीहरु झुपडीमा बस्छन् । आफू गरिब भएपनि मुलुकमाथि परेको विपत्तिमा छाक कटाएर किशोरीहरुले समाजप्रतिको जिम्मेवारी र सेवाभावको उत्कृष्ट उदाहरण बनेका छन् ।

रिंकु आफै प्रत्यक्षरुपमा महाभूकम्प र त्यसबाट परेको क्षति हेरेकी छन् भने कतिपयले बिभिन्न संचारमाध्यमबाट त्यो डरलाग्दो बिनाश देखेका छन् । ‘हिमाल पहाडमा भएको विनाशकारी क्षतिले हामी चूप लागेर बस्न सकेनौं र सक्दो सहयोग गर्दै आएका छौं,’ रिंकु शर्माले भनिन् ।

तराई मधेसका किशोर किशोरीहरुले त्यहाँको दुःखमा केही सहयोग पुगोस् भनि राहत संकलन गरी भूकम्प प्रभावित जिल्लामा पठाएका छन् । उनीहरुले आफ्नो गाउँका घर घरमा पुगी संकलन गरेको चामल, दाल, चिउरा, पिठो, आलु, प्याज, लगायतका खाद्यान्न समाग्री संकलन गरे । कतिले दिएको नगदको उनीहरुले पानी, चाउचाउ किनेर महाभूकम्पबाट पीडित भएका क्षेत्रमा पठाए ।

स्ट्रोमा पाउण्डेशनको सहयोगमा दलित जनजाती उथान केन्द्र बाराको आयोजना सञ्चालित नेपालमा दलित युवाहरुको लागि अधिकारमुखी शिक्षा सम्वाद कार्यक्रममा यी किशोरीहरु आबद्ध छन् । ‘किशोरीहरुले आफै राहत संकन गरेको देखेर हामीले त्यसलाई भूकम्प पीडित क्षेत्रमा पठाउनमा सहयोग गर्‍यौं,’ कार्यक्रमका सुपरभाईजर बनारसी साहले बताए ।

सिमरामा शान्ति महायज्ञ

शनि ग्रहको दुष्प्रभाव कम गर्न भन्दै बाराको गढीमाई नगरपालिका सिमरास्थित औराहामा कुमारेश्वर शिव मन्दिरमा विषेश महायज्ञ गरिएको छ । राष्ट्रिय बिपत शान्ति महायज्ञमा १ सय आठ जना पण्डित र बटुकहरुले मन्त्र पाठ गरी रुद्री, लगुरुद्री तथा हवन गरी महायज्ञ गरिएको हो ।

महायज्ञमा सिमरा, डुमरवाना, मनहर्वा, भोडाहा क्षेत्रका पण्डितले सामुहिक रुपमा मन्त्र बाचन गरेको आयोजक समितिका सदस्य शिवप्रसाद वाग्लेले बताए । महायज्ञमा बिहानैदेखि स्थानिय भक्तजनको घुइँचो लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment