Comments Add Comment

जापानबासी नेपालीले १ सय बढी टहरा बनाइदिने

९ जेठ, काठमाडौं । जापानमा बस्ने नेपालीहरुले भूकम्प पीडितहरुलाई १ सय बढी टहरा बनाइदिने घोषणा गरेका छन् । उनीहरुले अभिभावक गुमाएका बालबालिकाको लागि १ करोड रुपैयाँको कोष स्थापना गर्ने घोषणा समेत गरेका छन् ।

Help-from-Japan

जापानमा बस्ने नेपालीहरुको संस्था करलिम समाज, विहुँकोट र मालिका समाज जापानले भूकम्प पीडित नेपालीकालागि सहयोग घोषणा गरेका हुन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मुक्तीनाथ पिठाधीस कमलनयनाचार्यको संयोजकत्वमा जापानमा संकलन गरिएको ६० लाख रुपैयाँबाट भूकम्प पीडितका लागि एक सय भन्दा बढी घर बनाउने काम सुरु भइसकेको राहत संकलन समितिका संयोजक दिपक सुबेदीले जानकारी दिए । तीन संस्थाले संयुक्त रुपमा सिन्धुपाल्चोकमा ५ सय बढी भूकम्प पीडितहरुलाई निःशुल्क खाना खुवाउने काम समेत गरेको छ ।

भूकम्प पीडित क्षेत्रको अवलोकन गरेका सुवेदीले भूकम्पको विनास देखेर आफैले पनि एक करोड रुपैयाँको अक्षयकोष रहेको दिपमहल फाउण्डेसनको घोषणा समेत गरे ।

सो फाउन्डेसनले भूकम्पका कारण अभिभावक गुमाएर साहाराविहीन बनेका बालबालिकाहरुको शिक्षादिक्षा र पालन पोषणमा सहयोग गर्ने उद्देश्य लिएको छ । त्यस्तै कालान्तरमा योजना बनाएर फाउण्डेसनले बृद्ध बृद्धालाई समेत सहयोग गर्ने सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment