Comments Add Comment

भत्किएका घर बनाउन विदेश गएका तीन लाख नेपाली फर्किए

Tamakoshi-5

१० जेठ, काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका नुवाकोट मदानपुरका राजेन्द्र बजगाईं विनाशकारी भूकम्प आएपछि स्वदेश फर्किए । उनको भूकम्पले घर ध्वस्त बनाएको छ भने आफन्तको मृत्युले परिवार शोकमा छ । शोकमा परेको परिवारलाई केहीहदसम्म मलम लगाउन आफू आएको उनले बताए ।

सरकारल नै वैदेशिक रोजगारमा रहेका भूकम्पपीडितका आफन्तलाई स्वदेश फर्काउन सहयोग गरेपछि उनी हप्तादिनअघि नेपाल आएका हुन् । बजगाईं गाउँकै साथीहरुको सहयोगमा मदानपुरमै घर निर्माणमा लागेका छन् ।

त्यस्तै वैदेशिक रोजगारकै क्रममा मलेसियाको क्वालालम्पुरस्थित प्लास्टिक फ्याक्ट्रीमा कार्यरत सिन्धुपाल्चोक सानो सिरुवारीमा रमेश पुरी पनि घर फर्किएका छन् । पुरीको परिवार सकुशल भएपनि घरमा क्षति पुगेको छ ।

यसरी भूकम्प पीडित परिवारलाई शोकमा शान्तवना दिन २० दिनमा तीन लाख नेपाली स्वदेश फर्किएको गोरखापत्रमा खबर छ ।
दैनिक पाँच सयको संख्यामा विदेशिएका युवाहरु नेपाल र्फकंदै गरेको महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षागार्डका प्रमुख नायव महानिरीक्षक विजय कायस्थले बताए । धेरै युवा खाडी मुलुकबाट स्वदेश फिर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment