Comments Add Comment

आफ्नै प्रस्तावमा प्रधानमन्त्री असफल

१० जेठ, काठमाडौं । भूकम्पपछिको पुनस्र्थापना र पुननिर्माणबारे सरकारभित्र गम्भीर मतभेद उत्पन्न भएको छ । सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेका मन्त्रीहरुबीच चर्को विवाद भएपछि प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै कार्यालयबाट लिखित रुपमा मन्त्रिपरिषदमा पेस गरेको उच्चस्तरीय समिति बनाउने प्रस्ताव फिर्ता भएको छ ।
Susil-koirala
प्राकृतिक विपत्तिका बेला जनताबीच पुग्न नसकेर अत्यन्तै कमजोर उपस्थिति जनाएको सरकारभित्र यो विवादले प्रधानमन्त्रीलाई झन निरीह बनाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

पुर्नस्थापना तथा पुर्ननिर्माणको काम आफू नेतृत्वको गृहमन्त्रालयअन्तर्गतको केन्द्रीय दैवी प्रकोप उद्धार तथा राहत समितिबाट हुनुपर्ने दाबी गर्दै आएका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको सट्टा प्रधानमन्त्री कोइरालाले अर्थमन्त्री डा. रामशरण महत नेतृत्वमा दुईजना मन्त्रीसहितको उच्चस्तरीय समिति बनाई उक्त जिम्म दिने प्रस्ताव मन्त्रिपपरिषदको विहीबारको बैठकमा पेस गरेका थिए ।

तर उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमलगायत एमालेका अन्य मन्त्रीको विरोधका कारण उक्त प्रस्ताव पारित नभई फिर्ता पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment