Comments Add Comment

नेताका घरमा खाना नखान सीडीओको निर्देशन

१० जेठ, गुल्मी । भूकम्पका कारण क्षतिग्रस्त घरको जाँच गर्न गाउँ आएका प्राविधिकलाई नेताका घरमा खाना नखान निर्देशन दिइएको छ ।

राजनीतिक दलका नेता कार्यकर्ताको घरमा खाना खाएकी आधारमा घरको क्षति विवरण प्रभावित हुने भन्दै प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले प्राविधिकलाई नखान निर्देशन दिएको नयाँ पत्रिकामा खबर छ ।

‘हामीलाई बास्तविक रिपोर्ट चाहिएको हो,’गैरेले भने, ‘कतैबाट प्रभावित नभई जाँच गर्नु, खानाखर्च म ब्यहोर्छु ।’

गुल्मीमा भूकम्पका कारण क्षति भएका घरको वास्ताविकता पत्ता लगाउन जिल्लामा प्राविधिक टोली खटिइसकेको छ । प्राविधिक घरघर पुगेपछि प्रारम्भिक क्षतिको वास्तविक विवरण आउँने हुँदा सर्वसाधारणलाई आफ्नो घरको अवस्थाबारे जानकारी हुने प्रजिअ गैरेले बताए ।

प्राविधिक जाँच गरेपछि मात्रै भूकम्पले क्षति पुर्याएका घरभित्र बस्न मिल्ने/नमिल्ने अवस्थाको रिपोर्ट सार्वजनिक गरिने उनले जानकारी दिए । प्राविधिक टोलीले गाउँका सबै घरमा भूकम्पले पुर्याएको क्षति सम्बन्धी तथ्यांक २० दिनभित्र आइसक्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment