Comments Add Comment

बारपाकका गर्भवतीको ज्यानै धरापमा

१० जेठ, गोरखा । ‘छोरीलाई केही भयो भने म बाँचेर पनि मरेसरह हुनेछु,’ वैशाख १२ को भूकम्पले केन्द्रबिन्दु बनाएको पहाडको आडैमा भत्किएको घरमाथि बसिरहेकी ३५ वर्षकी गर्भवती नन्दकुमारी गुरुङले भनिन्-‘छोरीमात्र पाउँदा हेलाकी पात्र भएकी छु । यसपालि डाक्टरले छोरा छ भन्नुभएको छ पेटमा । उसलाई जसरी पनि बचाउनु छ मैले तर भूकम्पले बचाउलाजस्तो छैन् ।’

यति भन्दै भक्कानो छाडेर उनी रुन थालिन । चार छोरीकी आमा नन्दकुमारीको पेटमा नौ महिनाको छोरा हुकँदै थिए । नन्दकुमारीका लागि मात्र होइन, उनका पति, परिवार, आफन्त र समाजका समेत महत्वपूर्ण थियो यो । भूकम्पको दिन खानापछि दुई छोरी र सासू मेला गए, ससुरा र अन्य छोरी आँगनमा थिए । नन्दकुमारी कोठमामा सुत्ने तरखर गदै थिइन् । अचानक भूकम्पले घर घुम्न थाल्यो , चिच्याउँदै आत्तिर भाग्न खोज्दा उनी आँगनमा लडिन् । घर भत्किएर ढुंगा खस्न थाल्यो ।
ससुराले तानेर बारीमा पुर्‍याए उनलाई । भूकम्पले केन्द्रविन्दु बनाएको आडैको पहाड धुलाम्मे हुँदै सुसाइरहेको देखेपछि उनको मुट काम्न थाल्यो । भूकम्पको भन्दा संसार देख्न नपाएको छोराको चिन्तामा छटपटिएकी उनले स्थानीय स्वास्थ्य चौकी भत्किएको छ । शिविरमा यहाँ हुँदैन भनेपछि सदरमुकाम जान समस्या भएको छ । अहिले पेटमा बच्चा चल्न छाडेपछि उनी थप पीडामा रहेकी छन् ।

सवै गर्भवतीमा निद्रा नलाग्ने, खाना मन नलाग्ने, बच्चा के भयो होला लगायका विषयमा बढि चिन्ता लिने समस्या बढेको अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment