Comments Add Comment

२२ वर्षे ब्लगर- जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख कमाउँछिन्

bloggerफेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल मिडियामा पोष्ट गरेबापत पैसा कमाउने भन्ने सायदै होला । तर एकजना ब्लगरले भने आफुले इन्स्टाग्राममा गर्ने हरेक पोष्टबाट १५ हजार डलर कमाउँछिन् ।

२२ वर्षे ब्लगर डानियला बर्नस्टेनको इन्स्टाग्राममा ९ लाख ९२ हजार फलोअर रहेका छन् । त्यति ठूलो संख्यामा पछ्याउने मान्छेहरु भएकी युवती देखेपछि विभिन्न कम्पनीहरुको आँखा उनीमाथि नपर्ने कुरै भएन । त्यसैले आफ्ना प्रडक्टको प्रचारका लागि ब्राण्ड तथा कम्पनीहरुले डानियलाको सहारा लिने गरेका छन् । कुनैपनि प्रडक्टको विषयमा डानियालाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेपछि त्यसको जानकारी ९ लाख ९२ हजार मानिससम्म एकसाथ पुग्ने भएकाले कम्पनीहरुले विज्ञापनकै रुपमा त्यसबापत उनलाई मोटो रकम दिने गरेका हुन् ।

उता फेसन ब्लगर्सकै जस्तो गरी डायिनला पनि हरेक दिन विभिन्न पहिरनमा सजिएका आफ्ना तस्वीरहरु इन्स्टाग्राममा पोष्ट गर्ने गर्छिन् । त्यसका साथै उनले आफुले लगाएका पहिरन कहाँबाट तथा कसरी खरीद गरेको हो भन्ने विषयमा जानकारी पनि दिन्छिन् ।

डानियलाका कैयौँ फलोअरहरु उनको यो विज्ञापन शैली हो र यसबापत उनले पैसा लिन्छिन् भन्ने कुरामा अनभिज्ञ छिन् । कतिपय ब्राण्डहरुले भने आफ्ना सामानको प्रचार नगरीकनै पनि डानियलालाई पैसा दिने गरेका छन् । आफ्नो उत्पादनको प्रतिद्वन्दी उत्पादनका विषयमा डानियलाले विज्ञापन नगरुन् भन्नका लागि समेत कतिपय कम्पनीहरुले उनलाई पैसा दिने गरेका हुन् ।

विश्लेषकहरुका अनुसार विश्वका चर्चित ब्राण्डहरुले प्रायोजित इन्स्टाग्राम पोष्टका लागि वर्षेनी १ अर्ब डलर भन्दा बढि खर्च गर्ने गरेका छन् । कम्पनीहरुले गर्ने पैसाको भुक्तानीको दर इन्स्टाग्राम प्रयोगकर्ताका फलोअर्सको संख्यामा निर्भर गर्छ । अर्थात् जति धेरै फलोअर्स हुन्छन् उति धेरै पैसा कमाउने सम्भावना हुन्छ । डानियलाका फलोअर्स १० लाख पुगेपछि उनले इन्टाग्राम पोष्टका लागि थप रकम माग गर्न सक्नेछिन् ।

हार्पर्स बजारका अनुसार यदि तपाइँका इन्स्टाग्राम फलोअर्स लाखको संख्यामा छन् भने बसीबसी ५ सय देखि ५ हजार डलर सम्म कमाउन सक्नुहुन्छ । यदि तपाइँका फलोअर्स ६० लाख भन्दा बढि भएभने तपाइँको शुल्क २० हजार देखि १ लाख डलर सम्म हुन्छ ।

आफुले ठ्याक्कै कति कमाउँछु भन्ने बारेमा प्रष्ट खुलासा नगरेपछि डानियलाले भनेकी छिन्, ‘मैले आफैले कमाएर आफ्नो खर्च चलाएकी छु । मेरो कमाइ छ वाषिर्क ६ अंकमा रहेको छ । मैले आफ्नो खर्च चलाउनुका साथै बचत समेत गरेर लगानी गरेको छु । मैले अझै सिकेर स्मार्ट बन्ने कोसिस गरिरहेकी छु ।’-बिजनेस इनसाइडरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment