Comments Add Comment

अमिताभ बच्चनले दिए नेपालका भूकम्प पिडीतलाई १७ लाख रुपैयाँ

amitav-bachhanमुम्बई । नेपालका भूकम्प पीडितप्रति सहानुभुति दिंदै आएका भारतीय अभिनेता अमिताभ बच्चनले पीडितलाई ११ लाख भारतीय रुपैयाँ अर्थात् करिव १७ लाख नेपाली रुपैयाँ सहयोग गरेका छन् ।

उनले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

नेपाल र नेपालीप्रति सद्भाव राख्दै आएका बच्चनले १२ बैशाखमा भूकम्प गए लगतै आफूले नेपाललाई सहयोग गर्न चाहेको तर, पैसा जम्मा गर्ने ठाउँ नपाएको बताएका थिए ।

उनले सहयोग गरे लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment