Comments Add Comment

भूकम्प प्रभावितसँग दिपक-दीपाको छमछमी, मुन्द्रे र माग्नेको कमेडी

deepak-and-deepa
भूकम्पका कारण घरबार गुमाएर अस्थायी शिविरमा बसेका भक्तपुरस्थित बोडेका करिब ११ सय ७६ जना जनताको निराश अनुहारमा खुशी छर्न कलाकारहरुले केही हदसम्म कोशिश गरे । तातोपानी गाविसबाट ल्याएर बोडेमा उनीहरुलाई राखिएको छ ।

चाइना फाउन्डेशन फर पोभर्टी एलिमेशनले १ सय टेन्टमा मेलम्चीका ९ वडाका बासिन्दालाई बोडेमा ल्याएर अस्थायी शिविरमा राखेको हो । निर्माता सुनिल कुमार थापाले संयोजन गरेर कलाकाररुलाई अस्थायी शिविरका बासिन्दासँग भेट गराएका हुन् ।

कलाकारहरु पुगेपछि अस्थायी शिविरमा बसेकाहरुको ओठमा हाँसो देखियो । उनीहरु कलाकारसँग रमाए, गाए, नाँचे । नायिका झरना थापा र नायक दीलिप रायमाझी ‘पिरतीको छाता ओडाउन’ बोलको गीतमा नाँचेका थिए । अस्थायी शिविरमा बसेका जनता पनि उनीहरुसँग नाँचेका थिए । gharana-thapa

यस्तै, हाँस्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेले पनि रमाइलो प्रहसन प्रस्तुत गरे । उनीहरुसँग दर्शक रमाएर आफ्नो पीडालाई भुलाउने कोशिश गरे ।

कलाकार केदार घिमिरेले चर्पीको प्रयोग गर्न आग्रह गरे । दिपक र दीपाले धैर्यता नगुमाउन आग्रह गरे । कलाकार जितु नेपालले प्रधानमन्त्री सुशिल कोइरालाको क्यारिकेचर गरेका थिए ।

उनको क्यारिकेचर लगतै प्रधानमन्त्री कोइराला अस्थायी शिविर निरिक्षण गर्न पुगेका थिए । नायिका झरना थापाले यस्तो अवस्थामा धैर्यता नगुमाई मिलेर बस्न आग्रह गरिन् । निर्माता सुनिल कुमार थापाले विपत्ती भनेर नआउने भन्दै सबैलाई एकसाथ बस्न आग्रह गरे ।

कलाकारहरु नीता ढुंगाना, स्वतन्त्र प्रताप शाह पनि स्थानिय जनताको दुखमा मल्हम लगाउन उपस्थित थिए । कलाकारहरुसँग केही समय भएपनि बस्न पाउँदा आफूहरुलाई खुशी लागेको स्थानियले प्रतिक्रिया दिए । jitu-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment