वैशाख १२ गते भूकम्प गएपछि यस सम्बन्धी विभिन्न गीत पनि तयार भैरहेका छन् । भूकम्प पछिका विभिन्न दृश्य समावेश गरेर गीत तयार गर्दा यसले झन् पीडितलाई मानिसक असर पुर्याउने टिप्पणी पनि आइरहेको छ ।
भूकम्पकै गीत तयार पार्ने क्रममा ‘शान्ती मिलोस्’ बोलको गीत पनि तयार भएको छ । कमल खत्रीको आवाजमा समावेश यो गीतमा ओम कृष्ण प्रसाइको शब्द र रोशन वान्तवाको संगीत छ ।
भिडियोमा विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई देखाइएको छ । भूकम्प गएपछिका कुनै पनि दृश्य आफूहरुले भिडियोमा नदेखाएको निर्देशक केदार धितालले जानकारी दिए । कृष्ण गिरीले खिचेको यो भिडियोलाई रविन्द्र खड्काले सम्पादन गरेका हुन् ।
गीतकार प्रसाइले निराशाका मात्र गीत आइरहेको समयमा आफूले आशा जगाउने गीत कोरेको बताए ।