Comments Add Comment

नुवाकोटबासीले अर्थमन्त्रीलाई भने -खान नपाएर मर्नु नपरोस्

dr-mahat१० जेठ, काठमाडौं । नुवाकोटका भूकम्प पीडितहरुले आफूहरुलाई भोकभोकै मर्नबाट बचाउन अर्थमन्त्री डा. रामशरण महतलाई आग्रह गरेका छन ।

‘ठूलो विपत्तिबाट बचियो । आगामी दिनमा हामीलाई बचाउने जिम्मा तपाईको हो । खान नपाएर मर्नु नपरोस ।’ गृहजिल्लामा भूकम्पले पुर्‍याएको क्षतिबारे बुझ्न नुवाटका पुगेका मन्त्री महतलाई स्थानीयले भने ।

घरमा भएको खाद्यान्न घरले नै पुरेकाले बाली नपाकुन्जेल अझै केही खानेकुराको व्यवस्था गर्न उनीहरुे माग गरे ।

मन्त्री महतले शनिबार बेत्रावती लगायत गेर्खु, गेर्खुटार, बागेश्वरी, लच्याङ, ओर्लिनी, नर्जा गाउँ विकास समितिका विभिन्न गाउँका जनतासँग अन्तरक्रिया गरेका थिए ।

त्यसैगरी, महतले रसुवा जिल्लाको सीमानजिकका गाउँको पनि अवलोकन गरे । स्थानीयलाई सान्त्वना दिँदै उनले पठनपाठन थाल्नु पर्ने भन्दै केही विद्यालयहरुलाई ६/७ कोठा हुन सक्ने पाल पनि वितरण गरेका थिए ।

क्षेत्रबाट निर्वाचित उहाँले भूकम्पले पुर्‍याएको क्षतिको स्थिति तथा सरकारले उपलब्ध गराएको राहत वितरण प्रभावकारी भए नभएको प्रत्यक्ष जानकारी दिए ।

‘विपत्ति कहिले आउँछ, थाहा हुँदैन । त्यसैले अव भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ, विकट ठाउँ छोडेेर नजिक बस्नुपर्छ जहाँ आपतविपत पर्नासाथ सरकारले उद्दार तथा राहत तत्काल पुर्‍याउन सकोस ।’ महतले भने ।

अवको पुनर्निर्माण अझ राम्रो र सुन्दर बनाइने उल्लेख गर्दै उनले अव आफ्नै घरदेखि डर लाग्ने होइन, निद्रा लाग्ने भूकम्प प्रतिरोधी बनाउनुपर्ने बताए । महाविपत्तिमा जनतालाई राहत तथा पुनर्वासको व्यवस्था गर्न राज्यको स्रोत साधनका अतिरिक्त विभिन्न संघ संस्था दातृ निकायहरुबाट थप साधन स्रोत जुटाउन सक्रिय भएर लागिपरिरहेको उनले जानकारी दिए ।

यसैबीच आफ्नै प्रयास, स्थानीयबासी र केही संघ संस्थाहरुको सहयोगमा जिल्लामा १७ वटा विद्यालय अस्थायीरुपमा सञ्चालनमा ल्याउन सक्नेगरी निर्माण गरिएको कांग्रेसका जिल्ला सचिव रमेशकुमार महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment