Comments Add Comment

यसरी हुँदैछ भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नती

बिमानस्थल बनिसकेपछि यस्तो देखिने छ आकाशबाट हेर्दा
बिमानस्थल बनिसकेपछि यस्तो देखिने छ आकाशबाट हेर्दा

सलमान खान
१० जेठ, काठमाडौं । गत माघ १ गते प्रधानमन्त्री शुशिल कोईरालाले शिलान्यास गरे लगत्तै चर्चामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको सहायक पुर्वाधर निर्माणका काम अन्तिम चरणमा पुगेको छ ।

सहायक पुर्वाधर निर्माणका कामका अन्र्तगत विमानस्थल निर्माण क्षेत्रमा गुणस्तर प्रयोगशाला, कन्क्रीट मिक्सीङ प्लान्ट, आयोजना र ठेकेदार कम्पनी बस्ने भवनको काम करिब पुरा हुन थालेका छन् ।

यस बाहेक अर्को महत्व पुर्ण ठानीएको घाघरा नदी ड्राईभर्सन गर्ने काम पनि सगसगै अगाडी बढाईएको छ । त्यस्तै विमानस्थल निर्माणक्षेत्रमा डिजीटल प्रबिधीको कन्क्रीट मिक्सीन प्लाण्टको निमार्ण भईसकेको गौतम बुद्ध अन्तराष्टिय विमानस्थल निमार्ण आयोजनाका उप निर्देशक ओम शर्माले बताए ।

Goutam-Buddha-Airportयो त्यस्तो प्लाण्ट हो, जसले ढलानको लागी पानी, बालुवा, गिट्टी र सिमेन्टको मात्रलाई मिक्सीन गर्दा कम्प्युटर प्रविधी मार्फत एक नास र मापदण्ड बमोजिम बनाउने छ । यसबाट थोरै समयमा धेरै र गुणस्तर युक्त ढलानको लागी मिक्सनीन तयार हुने छ ।

यस्तै निमार्णका लागी आवश्यक कच्चा पदार्थको गुणस्तर जाँच गर्नका लागि निर्माण गरिएको प्रयोगशालको काम पनि करिब सकिन थालेको छ ।हाल निमार्ण स्थलमा प्रयोगशाला नभएका कारण बालुवा, सिमेन्ट लगायत ढलान र कंक्रींट निमार्णका लागी आवश्यक कच्चा पदार्थको गुणस्तर सडक डिभीजन बुटवल र पुलचोक ईन्जीनीयरीङ कलेज काठमाडौको ल्यावमा परिक्षण गरीएको छ ।

निर्माण क्षेत्रमा आवश्यक पर्ने पुर्वाधार निर्माणका लागि तिन महिना समय लाग्ने अनुमान गरेका थियौँ तर कामको प्रगति हेर्दा सन्तोषजनकै छ आयोजनाका उपनिर्देशक शर्माले भने ।

बर्षायाम अगावै सम्पन गर्ने लक्ष्य लिईएको घाघरा नदी फर्काउने कामको लागी हाल माटो पाट्ने काम ८० प्रतिशत भन्दा बढी सकीएको छ ।
वर्षयाम अघिनै नदी डाईभर्शनको काम सक्ने लक्ष्य रहेको छ । आयोजनाका उपनिर्दर्ेश्क शर्माका अनुसार अहिलेको नदीलाई २ दशमलब ५ किलोमिटर (२५ सय मिटर) नँया स्वरुप दिई पुनह दक्षिण क्षेत्रमै लगेर मिसाईन्छ, नदी फर्काउने क्रममा खनिने नँया खोलाको बाटो साढे २ किमि लामो, ३३ मिटर चौडाई र ६ मिटर गहीराई -पानीको लेभल) हुनेछ ।

Goutam-Buddha-Airport-Mixing-Machineनदी फर्काई पानी बगाउन बनाईने नयाँ खोलामा अहिले बग्ने पानी भन्दा दोब्बर बढी बग्न सक्ने क्षमताको हुनेछ भने दुबै तर्फ भित्तामा पानीले नकाटोस भनेर सिमेन्ट कंकि्रटको प्ल्ाास्टर र सहतमा पनि कंक्रिटको ढलाई हुने र यसले नदि कटानको समस्या न्युन हुने जनाईएको छ ।

घाघरा नदी फर्काउने काम सकिएपछि रन वे र अन्तराष्टिय ट्रर्मीनल भवन निमार्ण अघि बढाउने योजना रहेको छ । यसका लागी आवश्यक कच्चा पदार्थ जोहो गर्ने काम अहिले देखी भईरहेको आयोजनाका उपनिर्देशक शर्माले बताए ।

अहिलेको जुन रफतारमा काम भैरहेको छ त्यो अनुसार हुदै गए र कुनै अबरोध नभए तोकिएकै समयमा निर्माण सम्पन्न हुनेमा दुई मत छैन् नरहेको आयोजना उप निर्देश्क शर्मा बताउँछन् ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध बिमानस्थललाई स्तरउन्नती गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा निर्माण गर्न चिनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डर बाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तराष्ट्रिय बिमानस्थलको निर्माण सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment