Comments Add Comment

भूकम्पका कारण ६ अर्बको सेयर कारोबार भएन, अाइतबारदेखि सुचारु

nepal stock१० जेठ, काठमाडौं । विनासकारी भूकम्पका कारण एक महिनादेखि बन्द भएको सेयर कारोबार आजदेखि सुचारु भएको छ । आइतबार १२ बजेदेखि नेप्से सुचारु भएको छ । नेप्सेमा १२ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुन्छ ।

‘आजदेखि सेयर कारोबार नियमितरुपमा सुचारु भएको छ’ नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक सीताराम थपलियाले अनलाइनखबरसँग भने । यसअघि दुई पटक बैशाख २६ र जेठ ३ गतेदेखि सेयर कारोबार सुचारु गर्ने तयारी गरिए पनि कारोबार खुलाउन सकिएको थिएन ।

‘भूकम्प नआएको भए यस अवधि १९ दिनमा ६ अर्ब रुपैयाँको सेयर कारोबार हुन्थ्यो’ थपलियाले भने- कारोबार नहुँदा नेप्सेको सवा पाँच करोडको पुँजीगत लाभकर र एकसवा एक करोड रुपैयाँ टीडीएस उठेन ।

त्यसैगरी, नेप्सेलाई २ करोड ८० लाख रुपैयाँको क्षति भएको उनले जानकारी दिए । नेप्सेले प्रत्येक सेयर करोबारमा कमशिन शुल्ठ उठाउने गर्छ कारोबार नहुँदा सो कमिशन शुल्क प्रभावित भएको हो ।

ब्रोकरहरुले प्रतिकारोबार ०.७ देखि १ प्रतिशतसम्म कारोबार कमिशन लिन्छन । ब्रोकरले लिएको कमिशनको २५ प्रतिशत नेप्सेले कारोबार कमिशन लिँदै आएको छ ।

बैशाख १२ गतेको भूकम्पपछि २६ गतेदेखि कारोबार सुरु गर्ने तयारी गरेको थियो । सीडिएससी र केही ब्रोकरका कारण भनेको समयमा कारोबार सुचारु हुन सकेको थिएन । २९ गते आएको दोस्रो शक्तिशाली भूकम्पले फेरि प्रभावित बनाएको थियो ।

यसघि बैशाख १० गते बिहीबार नेप्सेमा १ सय २३ कम्पनीका ६ लाख २९ हजार कित्तन सेयर २० करोड २४ लाख रुपैयाँमा किनबेच भएका थिए । सूचीकृत कम्पनीहरूको नाफा घट्ने विश्लेषणका कारण नेप्से परिसूचक घट्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment