Comments Add Comment

सहुलियत दरमा जस्तापाता उपलब्ध गराउने

१० जेठ पथरी । विराटनगरको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्सले नेपालका भूकम्पपीडितका लागि सहुलियत दरमा जस्तापाता उपलब्ध गराउने भएको छ ।

कच्चा पदार्थको बेस मेटलको मोटाई, जिङ्क कोटिङको प्रयोग, बन्डलको तौलअनुसार जस्तापाताको मूल्य तोकिएको सो कम्पनीले जनाएको छ । आरती स्ट्रिप्सले करसहितको खुद्रा मूल्य प्रतिबन्डल रु दुई हजार ८९० देखि रु आठ हजार ४३६ सम्म तोकेको जनाएको छ ।

उद्योगले दैनिक ३०० मेट्रिक टन कर्कट पाता उत्पादन गर्दै आएको छ । त्योमध्ये एकसय मेट्रिक टन रङ्गिन जस्तापाता उत्पादन गर्छ । आरती स्ट्रिप्समा चारसय नेपाली काम गर्दै आएको उद्योगले जनाएको छ । अहिले आरतीलगायतका विभिन्न जस्तापाता उद्योगलाई सरकारले भारत निकासीमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment