Comments Add Comment

एनआरएन कोरियाले वितरण गरेको राहतबारे विवाद

मीनप्रकाश उप्रेती 

सउल । एनआरएन कोरियाको खातामा जम्मा भएको भूकम्प पीडितको रकम पार्टीको ब्यानरमा वितरण गरिएको भन्दै कोरियाबासी नेपालीहरूले आपत्ति जनाएका छन् । एनआरएन कोरियाका अध्यक्ष विनोद कुवँरले शनिवार सिन्धुपाल्चोकको कूपकन्या माध्यामिक बिद्यालयलाई पार्टीको ब्यानरमा  रकम हस्तान्तरण गरेपछि विवाद बढेकाे हाे ।

उक्त बिद्यालयलाई कुवँरले एमावोवादीका अध्यक्ष प्रचण्डको उपस्थितिमा पार्टीको ब्यनरमा एकलाख रुपया एनआरएन कोरियाको तर्फबाट उपलब्ध गराएका थिए ।

NRN koraa-rahat-prachandaउक्त कुरामा आपत्ति जनाउदै किमे माईग्रेण्ट सेन्टरका अध्यक्ष तथा समाजसेवी यज्ञराज सुबेदीले राजनैतिक पार्टी को झण्डा राखेर एनआरएन  कोरियाले सहयोग रकम उपलब्ध गराएको ठिक नभएको बताए ।

नेपालमा भूकम्प पीडितहरुलाई सहयोग गर्ने नाम मा निर्वाचनमा प्रत्यक्ष असर पर्ने खालका राजनैतिक पार्टीका गतिविधिमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने सुबेदीको भनाई थियो । एनआरएन जस्तो   सामाजिक संस्थाले स्वतन्त्र अभियानमा लाग्दा राम्रो हुने सुबेदीको धारणा थियो ।

एनआरएन आईसीसी कोरिया प्रतिनिधि केपी सिटैालाले पार्टीको झन्डा मुनि बसेर एनआरएन कोरियाले वितरण गरेको उक्त  सहयोग उचित नभएको बताए । यदि एनआरएन कोरियाले वितरण गरेको सहयोग  हो भने सस्थागत रूपमा जानू पर्‍यो भन्दै  सस्थाको उदेश्य ,मूल्य र मान्यता भन्दा बाहिर गएर  काम गरे संस्था विवादमा जाने बताए ।

यसैगरी उक्त कार्यको सामाजिक सञ्जाल मार्फत कोरियामा रहेका नेपालीहरूले कडा रोष प्रकट गरेका छन् । एक स्वतन्त्र संस्थाले पार्टीको झण्डा मुनि बसेर जनताको विश्वास जित्न नसकेका नेताहरूको आडमा रकम वितरण गर्नु चित्तबुज्दो नभएको उल्र्लेख गरेका छन् ।

उक्त धारण राख्नेहरुमा रामप्रसाद राई, देवी पाण्डे, रमेश भट्टराई, आन्द कोइराला लगायत रहेका छन् । अध्यक्ष कुवँरले भने आफू अचानक उक्त कार्यक्रममा पुगेको र सहयोग रकम दिएको बताउँदै यसमा पार्टीको कुनै समन्ध नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment