Comments Add Comment

बेलायतका रविचन्द्र लामिछानेको सहयोग प्रधानमन्त्रीलाई हन्तान्तरण

ravi chandraकाठमाडौ । बेलायतमा बस्दै आएका नेपाली रविचन्द्र लामिछानेले भूकम्पपीडितहरुका लागि ५१ लाख सहयोग प्रधानमन्त्री सुशील कोइरालाई बुझाएका छन् ।

लामिछानेले भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको राहत रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

बेलायतमा फेसन डिजाइनिङ्गमा कार्यरत व्यवसायी लामिछानेले पठाएको ५१ लाख १७ हजार ७ सय २७ रुपैया उनकी आमा रुक्मिणा लामिछानेले प्रधानमन्त्री कोइरालालाई आइतवार एक कार्यक्रमकाबीच प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले पीडितहरुको लागि आएको रकम हिनामिना हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै रकम हिनामिना गर्नेलाई अपराध कानून अनुसार कारवाही गरिने बताए ।
लामिछानेले जन्मभूमिमा विपत्ति आइपरेको बेलामा सहयोग गर्नु मानवीय धर्म भएको उल्लेख गर्दै करिब ८ करोडको सामान विभिन्न निकायमार्फत वितरण हुने गरी पठाएको बताइएको छ ।
भृकुटी हिमालय फाउण्डेशनको ५० लाख सहयोग

भृकुटी हिमालय फाउण्डेशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुबाटारमा आयोजित कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष नोर्वु तेञ्जिङ्गले ५० लाख रुपैयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा उपाध्यक्ष नोर्वु तेञ्जिङ्गले नेपालले सबै पर्यटकलाई एक पटक नेपाल भ्रमणको लागि अनुरोध गर्नुपर्ने बताए ।

युवा इन्जिनियर मनिषले गरे २५ हजार सहयोग

प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प प्रभावित क्षेत्रमा विपन्न परिवारका लागि न्यून लागतका आवासीय भवन निर्माणको संयोजन गरिरहेका युवा इञ्जिनियर मनिष कोइरालाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैया सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment