Comments Add Comment

यी हुन् क्रिकेट खेलाडीसँग प्रेम गर्ने बलिउड नायिका

deepika-and-ms-dhoni

भारतमा बलिउड र क्रिकेटको सम्बन्ध निकट छ । चर्चाको हिसाबले राजनीति भन्दा माथि बलिउड  क्रिकेटको हुन्छ । सायद, यसैले पनि होला बलिउडका नायिका र क्रिकेटरको प्रेम सम्बन्धले सधै नै चर्चा पाउँछ ।

अहिले सर्वाधिक चर्चामा रहेको जोडी क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको हो । यो  जोडी प्रेमको दुनियाँमा यसरी रमाएको छ कि, उनीहरुलाई नियमको पनि प्रवाहा छैन । तर, प्रेम गर्नेको यो सूचीमा विराट र अनुष्का मात्र पर्दैनन् ।

अहिले, विराट र अनुष्का, रणवीर कपुर र कटि्रना कैफले अनुष्काको घर नजिकैको अपार्टमेन्ट किनेका छन् । यी दुवै जोडीले यो बर्षको अन्त्यसम्म बिहे गर्ने चर्चा पनि छ । बलिउडकी सर्वाधिक चर्चित नायिका शर्मिला टैगोर र क्रिकेटर मनसोर अली खानविच पनि प्रेम भयो । ४ बर्ष प्रेम गरेपछि यो जोडी बिहे बन्धनमा बाँधिएको थियो । सन् १९८० की चर्चित नायिका रिना रोय र पाकिस्तानी क्रिकेटर मोहसिन खानविच प्रेम भयो । रिनाले खानसँग बिहे गर्ने निर्णय गरिन् । उनीहरुको एक छोरी पनि भइन् । तर, उनीहरुले सम्बन्ध विच्छेद गर्ने निर्णय गरे ।

भारतीय क्रिकेट टिमका पूर्व क्याप्टेन मोहमद अजारुद्दिन र बलिउड नायिका संगीता बिजलानीविच पनि प्रेमको मुना पलायो । मोहमदले आफ्नै श्रीमती छाडेर संगीतासँग बिहे गरे ।

बलिउड र क्रिकेटरविच बिहे मात्र भएको उदाहरण छैन । कैयौ जोडी प्रेममा रमाएका पनि छन् । पाकिस्तानी क्रिकेटर इमरान खान र बलिउड नायिका जिनात अमान पनि डेटमा खुबै रमाए । तर, उनीहरुको प्रेम छोटो समयमा नै सकियो ।

रवि शास्त्री र बलिउड सुन्दरी अमृता सिंहको पनि प्रेम चल्यो तर लामो समयसम्म यो जोडी टिकेन । वेष्ट इन्डिजका विवाहित क्रिकेटर भिभियन रिचाड्स र बलिउड सुनदरी नैना गुप्ताविच प्रेम त भयो तर रिचाड्स बिबाहित भएकाले सम्बन्ध लामो समयसम्म अगाडि बढेन ।

क्रिकेटर जाहिर खान र बलिउड नायिका इशा श्रवानी, युवराज सिंह र किम शर्मा, हरवजन सिंह र गीता बास्रा पनि प्रेमको तलाउमा रमाएका थिए । कमल हसनकी छोरी श्रृती हसन र क्रिकेटर सुरेश रैनाविच पनि प्रेम थियो भन्ने चर्चा बलिउडमा केही समय अघि खुबै चलेको थियो ।

प्रेमका चर्चामा अन्य थुप्रै क्रिकेटर र बलिउड नायिकाको नाम जोडिएको छ । क्रिकेटर सौरभ गांगुली र नायिका नग्मा, सचिन तेन्दुलकर र शिल्पा शिरोधकार, वासिम अकरम र सुस्मिता सेन, एम एस धोनी र दीपिका पादुकोणको नाम पनि खुबै जोडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment