Comments Add Comment

प्रधानमन्त्री कोइरालाले भने- राष्ट्रिय सरकार गठन गर्न तयार छु

१० जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सरकार गठन गर्न आफू तयार रहेको बताएका छन् । मुलुक विपत्तिमा परेको बेला सबै नेपालीको भावनालाई समेटेर राष्ट्रिय सरकारको गठन गर्ने उनले बताए ।

फाइल तस्वीर
फाइल तस्वीर

आइतबार ३३ दलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले हालैको भूकम्पले गरेको विनास ठूलो चुनौति भएको भन्दै राष्ट्रिय सरकार गठन गरी त्यसको मिलेर सामना गर्ने बताए । राष्ट्रियता लोकतन्त्र र विकासको निम्ति सबै दल र नेपाली जनता एक भए कसैले पनि परास्त गर्न नसक्ने उनको भनाइ थियो ।

उनले भने, ‘समस्त नेपाली एक भए कसैको डर हुदैन, विभाजित भए खतरा हुन्छ, मलाई भविष्यप्रति ठूलो भरोसा छ ।’

उनले स्थानीय समस्या समाधान गर्न र स्थानीय आवश्यकता अनुसार विकासका काम सञ्चालन गर्न स्थानीय निकायको निर्वाचन अपरिहार्य भएको बताए । स्थानीय निकायको चुनाव भएको भए भूकम्पको विपत्तिमा खोजी, उद्धार र राहत कार्यक्रम अझ प्रभावकारी हुने उनको भनाइ थियो ।

३३ दल र राष्ट्रवादी मोर्चाको ज्ञापनपत्र

यसअघि बालुवाटारमा संविधानसभामा प्रतिनिधित्व नभएका ३३ दल र २७ दलीय राष्ट्रवादी मोर्चाले छुट्टा छुट्टै ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय सरकार गठन गर्न माग गरेका थिए । ज्ञापन पत्रमा स्थानीय निकायको निर्वाचन, भूकम्प पीडितलाई प्रभावकारी राहत वितरण, पुनःस्थापना र पुर्निर्माण गर्न माग गरिएको छ ।

शनिबार अपरान्ह ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले पनि ज्ञापन पत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment