Comments Add Comment

पहिरोले थुनिएको कालीगण्डकीको पानी बग्न थाल्यो

Kali-Gandaki-Over-Flow

  • तस्वीरः विष्णु शर्मा

१० जेठ, बेनी । म्याग्दीको राम्चेमा खसेको पहिरोले थुनिएको कालीगण्डकी नदीको पानी बग्न थालेको छ । पहिरोको कृत्रिम बाँध माथिबाट आफैं पानी बग्न थालेको हो ।

पानीको बहाव ठूलो छ । यसले क्षति गर्ने खतरा छ । यसअघि सारिएका बस्तीलाई अझ माथि माथि सार्ने क्रम जारी छ ।

थुनिएको झण्डै १५ घण्टा पछि सवा ५ बजेतिर बाँध माथिबाट पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पानी थुनिएपछि करिब ३०० मिटर गहिरोसम्म पानी जम्मा भएको थियो भने एक किलोमिटर भन्दा परसम्म ताल बनेको थियो ।

उद्धारको लागि गएको नेपाली सेना र भूगर्भविदहरुको टोली पनि पर्ख र हेरको अवस्थामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment