Comments Add Comment

भूकम्प प्रभावितका लागि नेपाली सेनाको सवा २४ करोड सहयोग

१० जेठ, काठमाडौं । नेपाली सेनाल भूकम्प प्रभावितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सबा २४ करोड रुपैयाँ जम्मा गरेको छ ।

आइतबार प्रधानसेनापति गौरव समशेर जबराले २४ करोड २६ लाख रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

प्रधानमन्त्री कोइरालाले ठूलो विपत्तिमा नेपाली सेनाले प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण र भग्नाबशेषहरु हटाउन प्रशंसनीय कार्य गरेको बताए ।

प्रधानसेनापति जबराले यस पटकको भूकम्पमा हजारौं नेपाली सेनाका बहालवाला र भूतपूर्व सैनिकहरुको आवास भवन क्षतिग्रस्त भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment