Comments Add Comment

गाह्रो भो पालमुनिको महिनावारी

११ जेठ, सिन्धुपाल्चोक । एउटै पालमुनि दाजुभाइ, बुबा-आमा र हजुरबुबासँगै सिन्धुपाल्चोक साँगाचोककी सीता तामाङ रात बिताउँछिन् । अरुबेला ठिकै भए पनि महिनावारी हुँदा उनलाई समस्या परेको बताइन् । तामाङले भनिन्-‘कपडा कसरी फेर्ने, कसरी धुने, अनि कहाँ सुकाउने भन्ने नै ठूलो समस्या छ ।’
sanitary-pads
महिनावारी हुँदा लगाएको कपडा विमलाले पहिले घरभित्रै सुकाउँथिन् जुन काम उनलाई निकै अप्ठ्यारो लाग्थ्यो  । तर उनले गाउँमा किशोरी तालिम लिएपछि बाहिर सुकाउन थालेको बताइन् । सामान्य अवस्थामा घरमा बस्दा उनलाई कुनै समस्या थिएन । तर, भूकम्पले घरबार नै  बाँकी नराखी लगेपछि महिनावारी हुँदा तनाव बेहोर्नुपरेको उनले गुनासो गरेको नेपाल समाचारपत्रमा खबर छ ।

तामाङको भन्दा फरक अनुभूति छैन ६ जनाको परिवारमा पालमुनि सँगै बस्दै आएकी १८ वर्षकी निर्मला गिरीको । ‘पाल छाडेर अन्त जान पनि सक्ने अवस्था छैन्, निकै समस्या परेको छ,’ उनले भनिन्-‘समस्यै समस्या छ । कसरलाई सुनाउने कसलाई भन्ने निक्कै तनाव हुन्छ ।’

भूकम्पका कारण घर गुमाएकाहरु सामूहिक रुपमा पालमा बस्दै आएका छन् । अन्य विषयको व्यवस्थापन सामान्य रुपमा भएपनि महिनामारी भएको समयमा भने किशोरीलाई धेरै समस्या हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment