Comments Add Comment

चेन्नईलाई हराउँदै मुम्बई बन्यो आईपीएल च्याम्पियन

११ जेठ, काठमाडौं । चेन्नई सुपर किङ्ग्सलाई ४१ रनले पराजित गर्दै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएलको च्याम्पियन बनेको छ ।

कोलकत्ताको इडेन गार्डनमा खेलिएको फाइनल भिडन्तमा चेन्नईले टस जितेर मुम्बईलाई ब्याटिङको निम्तो दियो ।

IPL Champion Mumbai Indians

मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनायो । उसको सुरुवात भने खराव थियो । ओपनर पार्थिव पटेल खाता नै नखोली आउट भए ।

तर, कप्तान रोहित शर्मा र लेन्डल सिमोन्सले मुम्बईको पारी सम्हाले । सिमन्स र शर्माले दोस्रो विकेटका लागि ११९ रनको साझेदारी गरे । रोहितले २६ बलमा ६ चौका र दुई छक्काको मदतमा ५० रन बनाए । उनलाई ब्राभोले रविन्द्र जडेजाको हातबाट क्याच गराए ।

सिमोन्स पनि लगतै आउट भए । उनलाई ड्वेने स्मिथले बोल्ड गरे ।  ४५ बलको सामना गरेका उनले ८ चौका र ३ छक्काको मदतमा ६८ रन बनाए ।

किरन पोलार्ड र अम्बाती रायडूले तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे । पोलार्डले १८ बलमा दुई चौका र तीन छक्काको मदतमा ३६ रन बनाए । २६ बलमा ३६ रन बनाएका राडयू अविजित रहे ।

जवाफमा चेन्नईले भने २० ओभरमा ८ विकेट गुमाएर १६१ रन मात्र जोड्न सक्यो । उसको सुरुवात खराव रह्यो । २२ रन हुँदा पहिलो विकेका रुपमा माइक हसी व्यक्रिगत चार रनमा आउट भए ।

ड्वेन स्मिथ र सुरेश रेनाले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । तर, १२ औं ओभरमा स्मिथ ५७ रनमा आउट हुँदा चेन्नईका लागि आवश्यक रन रेटप्रति ओभर १४ कटिसकेको थियो । स्मिथले ५७ रन बनाए । सुरेश रैना २८ रनमा हरभजन सिंहको सिकार भए ।

ड्वेन ब्राभो ९ र कप्तान महेन्द्र सिंह धभोनी १८ रनमा पभेलियन फर्किए । मुम्बईका मिचेलले ३ विकेट लिए भने लासिथ मालिंगा र हरभजन सिंहले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment