Comments Add Comment

पाँच लाख घर साढे एक खर्ब लागतमा निर्माण गर्न सकिने

११ जेठ, काठमाडौ । बैंकरहरुले भूकम्पबाट क्षतिग्रस्त करिब पाँच लाख घर साढे एक खर्ब लागतमा निर्माण गर्न सकिने बताएका छन् ।

नेपालमा बैंकर्स संघले भूकम्प प्रतिरोधी एउटा घर तीन लाखमा बनाउन सकिने प्रस्तावित योजना आइतबार सार्वजनिक गरेको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले निर्माण सामग्री, निर्माण समय, टिकाउपन लगायतका विशेषतासहित घरको नक्सा पनि सार्वजनिक गरेको नयाँ पत्रिकामा खबर छ ।

त्यस्ता घर न्यूनतम ३० वर्षे टिक्ने संघको दाबी छ । संघले आइतबार गरेको कार्यक्रममा लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले घर निर्माणबारे विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।

पन्तले ती घर निर्माणका लागि सरकार र राष्ट्र बैंकको समन्वयमा वित्तीय क्षेत्रका केही नीतिगत ब्यवस्था परिमार्जन गर्नुपर्न बताए ।

भूकम्पपीडितको स्थायी घर तीन लाख रुपैयाँ लागतमा बनाउन सकिने प्रस्ताव संघले गरेको छ । करिब चार सय वर्गफिट क्षेत्रफलमा बन्ने प्रस्तावित घरमा दुई सय बेडरुम, भान्सासहितको डाइनिङ रुम र एक बैठक कोठा पनि रहनेछ । प्रस्तावित घरको नक्सा  लागत अनुमान सिई कन्ट्रक्सनको प्राविधिक सहयोगमा तयार पारिएको संघले जनाएको छ ।

प्रस्तावित घर निर्माणका लागि ठूलो बैदेशिक सहयोग आवश्यक नपर्ने र आवश्यक रकम आन्तरिक स्रोतबाट जुटाउन सकिने पनि संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment