Comments Add Comment

एग्युरोले जिते प्रिमियर लिग गोल्डेन बुट

Sergio Aguero picks up Premier League Golden Boot award 2015

११ जेठ, काठमाडौं । म्यानचेष्टर सिटीका सर्जिओ एग्युरोले प्रिमियर लिग गोल्डेन बुट अवार्ड जितेका छन् ।

आइतबार राति भएको लिगको अन्तिम खेलमा साउथ ह्याम्पटनलाई २–० ले पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको उपविजेता बनेको छ । सिटीको जितमा ३१ औं मिनेटमा फ्राङ्क लाम्पार्डले र ८८ औं मिनेटमा एग्युरोले गोल गरे ।

यससँगै प्रिमियर लिगमा यो सिजन एग्युरोले सर्वाधिक २६ गोल गरेका छन् । उनले दोस्रो स्थानमा रहेका टोटनह्यामका ह्यारी केनलाई पाँच गोलले पछि पारे ।

केनले २१ गोल गरेका छन् भने चेल्सीका डिएगो कोस्टाले २० गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment