Comments Add Comment

भिस्याटको अनुमतिपत्र शुल्क ८० प्रतिशतले घटाउन सिफारिस

११ जेठ, काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले भिस्याट (भेरी स्मल अपार्चर टर्मिनल) को अनुमतिपत्र शुल्क घटाउन सिफारिस गरेको छ । प्राधिकरण सञ्चालक समितिको हालैको बैठकले अनुमतिपत्रको शुल्क ८० प्रतिशतले घटाउन सूचना तथा सञ्चार मन्त्रालयसमक्ष सिफारिस गरेको नयाँ पत्रिकामा खबर छ ।

यसअघि भिस्याटको अनुमतिपत्र शुल्क २ लाख ५० हजार रहेको थियो । त्यसलाई घटाएर अनुमतिपत्र शुल्क ५० हजार कायम गर्न सिफारिस गरिएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए ।
भिस्याटको उपयोगलाई बढवा दिन अनुमतिपत्र शुल्क घटाउने प्रयास थालिएको उनले बताए । अनुमतिपत्र शुल्क घटेपछि नवीकरण शुल्क स्वतः घट्नेछ ।

भिस्याटको नविकरणका लागि अनुमतिपत्र शुल्कको ९० प्रतिशत शुल्क लाग्ने प्राधिकरणको ब्यवस्था छ । यसअनुसार अब भिस्याटको नविकरण ४५ हजार रुपैयाँ लाग्नेछ । भिस्याटको नयाँ शुल्क मन्त्रालयले राजपत्रमा प्रकाशन गरेपछि लागू हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment