Comments Add Comment

जिम्बोवेविरुद्धको टी–२० सिरिज पाकिस्तानद्वारा क्लिन स्वीप

११ जेठ, काठमाडौं । पाकिस्तानले दोस्रो टी–२० क्रिेकटमा जिम्बोवेमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । यससँगै पाकिस्तानले दुई म्याचको सिरिज २–० ले क्लिन स्वीप गरेको छ ।
लाहोरमा जिम्बावेले प्रस्तुत थरेको १७६ रनको लक्ष्य पाकिस्तानले मात्र २ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।
पाकिस्तानलाई अन्तिम ६ बलमा १२ रन चाहिएको थियो । पहिलो बलमा बिलावल भाटीले छक्का हाने । दोस्रो बलमा रन लिन नसकेका उनले तेस्रो बलमा दुई रन जोड्दै स्ट्राइक आफैंसँग राखे ।
चौथो बलमा चौका हान्दै उनले पाकिस्तानलाई २ विकेटको जित दिलाए ।
पाकिस्तानका लागि मुख्तर अहमदले ६२ रनको महत्वपूर्ण पारी खेले । उमर अकमलले ३० रन बनाए । महमद शेहजाद र नौमान अनवरले समान १८÷१८ रन जोडे ।
यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ३ विकेट गुमाएरु १७५ रन बनाएको थियो ।
उसका लागि शेन विलिम्सनले अविजित ५८ रन बनाए । वुसी सिबान्डाले ४९ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment