Comments Add Comment

सभामुखलाई त्रसित बनाउने टावरमा ‘गुपचुप टालटुल’

११ जेठ, काठमाडौं । वैशाख १२ को महाभूकम्पपछि आम जनताको मनोवैज्ञानिक त्राससँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भने भौतिक त्रास पनि थपिएको छ ।
subash  nemwang  (2)
बालुवाटारस्थित सभामुखको सरकारी आवासमा बस्ने गरेका नेम्वाङ सोही निवास अगाडि मापदण्ड विपरित अवैधानिक रुपमा बनाइएको अग्लो अपार्टमेन्ट भूकम्पले धराप बनाएकाले बेचैन बनेका हुन् ।

प्रधानमन्त्री, प्रधान न्यायाधीस र सभामुख जस्ता भिभिआइपीहरुको सरकारी आवास अगाडि अवैधानिक रुपमा बनाइएको विनायक वान नामक अपार्टमेन्ट भूकम्पबाट क्षतिग्रस्त भएको छ ।

त्यस क्षेत्रका बासिन्दाले यो अपार्टमेन्ट बन्नुअघिनै सभामुख नेम्वाङलाई डेलिगेशननै गएर रोकाउन माग गरेका थिए । नेम्वाङले सम्बन्धित निकायलाई सरकारी निवास अगाडि सर्वसाधारणका घरलाई असर गर्ने गरि अग्लो भवन निर्माण रोक्न निर्देशन पनि दिएका थिए ।

‘त्यसबेला पनि बालुवाटारका स्थानीय बासिन्दा मसँग डेलिगेशन आउनुभएपछि मैले सम्बन्धित निकायलाई भनेको थिएँ तर मेरै निवास अगाडि अत्यासलाग्दो भवन बन्यो’ नेम्वाङले भने ‘अहिले हामी बस्नै नसक्ने भयौं भनेर वरिपरिका बासिन्दा आइरहनुभएको छ’ ।subash  nemwang  (7)

भूकम्पले जगदेखि हरेक तल्लामाथि क्षतविक्षत भएको भवनलाई अपार्टमेन्ट मालिक नागेन्द्र पाम्पाटीले हतार हतार टालटुल गर्न थालेपछि अपार्टमेन्टमा बस्नेहरु त भागिसके, छिमेकीलाई पनि भाग्नु कि बस्नु भएको छ ।

‘चिरा चिरा भएर पछाडि ढल्किएको भवनलाई रातारात टालटुल गर्न थालेपछि हामी छिमेकीहरुले घर छाडेर हिडनु पर्ने अवस्था आएको छ’ अपार्टमेन्टसँगैको दुई तले घरका प्रदिप शमसेर जबराले भने ‘यस्तो भवनको तल हामी असुरक्षित भएका छौं’ ।

पम्पाटीले शुरुमा यो ठाउँमा हाउजिङको लागि अनुमति लिएका थिए । हाउजिङका ससाना घर बनाएर बेच्ने भनिएको ठाउँमा टावर बनाएपछि स्थानीयले त्यतिबेलै बिरोध गरेका थिए ।

प्रदिप शमसेरले भने-अपार्टमेन्टको अनुमतिनै नलिई बनाइएको टावर हो यो । हामीले सबैतिर बुझ्दा हाउजिङलाई अनुमति दिइएको रहेछ । अवैधानिक रुपमा सभामुखको निवासलाई समेत खतरामा पारेर बनाइएको भवन अहिले क्षतविक्षत हुँदा पनि सुरक्षित ढंगले भत्काउनुको साटो टालटुल गर्न थालिएको छ ।

भूकम्पले विनायक वान अपार्टमेन्ट चिरा चिरा परे लगत्तै स्थानीय पुनः सभामुख नेम्वाङ समक्ष आफ्ना भवनको सुरक्षा माग गर्दै पुगेका थिए । नेम्वाङले सम्बद्ध सरकारी निकायलाई सो अपार्टमेन्ट जाँच गरि भत्काउने प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।

subash  nemwang  (8)
क्षतिग्रस्त विनायक वान अपार्टमेन्ट

तर सभामुखको निर्देशन अलपत्र पार्दै अपार्टमेन्टलाई टालटुल पार्न थालिएको छ । सरकारले खटाएका इन्जिनियरले सो अपार्टमेन्टको जाँच समेत गर्न नपाउदै पाम्पाटीले आफ्नै इन्जिनियर ल्याएर देखाएको राणाले बताए ।

सिंहदरवार, नारायणहिटी दरवार, बालुवाटार लगायतका संवेनदशील क्षेत्रमा सरकारी भवन भन्दा अग्ला संरचना बनाउन नपाइने नियम समेत मिचेर बनाइएको यो अपार्टमेन्टले छिमेकी साना घरको मात्र होइन सभामुखकै पनि चैन खोसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment