Comments Add Comment

गोर्खाकप फुटबलको उपाधि क्वीन्स गोर्खा राईफल्सलार्इ (भिडियाेसहित)

UK -gorkha cupलण्डन । बेलायतको अल्डरसटमा भएको १३ अाैं गोर्खाकप फुटबलको उपाधि क्वीन्स गोर्खा राईफल्सले जीतेको छ । तमु धीं युकेले आईतबार आयोजना गरेको गोर्खा कपमा रिडिड फुटबल क्लवलाई पेनाल्टीमा हराउँदै मुख्य खेलतर्फ क्वीन्स गोर्खा राईफल्सले जीत हात पारेको हो ।

यो नाइन ए साईड प्रतियोगिता लिग कम नकाउटका आधारमा खेलाईएको थियो ।२७ प्रतिस्पर्धीहरुले भाग लिएको यस प्रतियोगितामा मुख्य र भेट्रान गरी दुर्इ भागमा विभाजन गरी खेलाईएको थियो । भेट्रानतर्फ भने केन्ट एफसीले हनकन (ज्यलन प्यलन) यूकेलाई हराएको थियो ।

UK -gorkha cup-2बिजयी खेलाडीहरुलाई रसमोर बरो काउन्सिलकी मेयेर डायनी बेडफोर्डले परस्कार प्रदान गरेकी थिईन् । त्यसैगरी बेलायतका लागि नेपाली कार्यबाहक राजदुत तेजबहादर क्षेत्रीले खेलाडीहरुलार्इ प्रमाणपत्र प्रदान गर्दै नेपाललाई जुनसुकै सहयोग दिन आव्हान गरेका थिए ।

तमु धीं यूकेले वर्षेनी गोर्खा कप आयोजना गर्दै आएको छ । कार्यक्रमबाट यसवर्ष नेपालमा गएको भुकम्पबाट पीडितहरुलाई राहत प्रदान गर्ने तम धीं यूकेका अध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे ) ले जानकारी दिए ।

बेलायतका अलडरसट, केन्ट, फोक्सटन, रिडिङ, फार्नबरो, हेस्टिङस र लण्डन लगायतका बिभिन्न स्थानबाट चार हजार भन्दा बढी नेपलीहरु कार्यक्रम हेर्न आएका थिए । कार्यक्रममा नेपाली परम्परागत झल्किने सांस्कृतिक कार्यक्रमका साथै नेपाली परिकारका स्टलहरु पनि राखिएका थिए ।

भिडियो हेर्नुहोस्-


–दिनेशकुमारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment