Comments Add Comment

सफल कलाकारका असफल छोरा छोरी

मुम्बई । आर्य बब्बरः अभिनेता आर्य बब्बर ३४ वर्षका भए । प्रसिद्ध अभिनेता राज बब्बरका छोरा हुन् उनी । उनले राज कंबरको फिल्म ‘अब के बरस’ वाट अभिनय सुरु गरेका थिए । उनको नायिका थिईन् अमृता राव । दुर्भाग्य फिल्म पटक्कै चलेन ।

हिन्दी फिल्मको अतिरिक्त आर्यले केही बंगाली र पञ्जाबी फिल्ममा पनि अभिनय गरे । तर, उनी बलिउडमा कहिल्यै प्रभावशाली देखिएनन् । मणीरत्नम, मधुर भण्डारकर, बिक्रम भट्ट लगायतका निर्देशकहरुसंग काम गरेका आर्य कहिल्यै स्टार हुन सकेनन् । चमकु, जेल, तीस मार खाँ लगायतका फिल्ममा उनले अभिनय गरेका छन् ।

Esha-Deol
इशा देवल

इशा देवलः हेमा मालिनीकी छोरी इशा देवल पनि असफल हिरोईनको सूचीमा पर्छिन अहिले । उनकी आमा हेमाले शोलेमा बसन्तीको भुमिका निर्वाह गरेर अत्याधिक चर्चा कमाईन् तर, छोरी इशा कहिल्यै चर्चित हुन सकिनन् । इशाले पहिलो फिल्म ‘कोई मेरे दिल से पुछे’ वाट फिल्मफेयर बेष्ट डेब्यु अवार्ड पाएकी थिईन् ।

फरदीन खानः पुराना अभिनेता फिरोज खान मल्टि ट्यालेन्ट अभिनेता मानिन्छन् । उनले अभिनयको साथै निर्देशन र फिल्म निर्माण पनि गरे । फिरोजले पहिलो फिल्म ‘प्रेम आगन’ वाट फिल्मफेयर बेष्ट डेब्यु अवार्ड पाएका थिए । उनका छोरा फरदिनले जानशी लगायत केही फिल्ममा काम गरेपनि हिट हुन सकेनन् ।

मिमोह चक्रवर्तीः मिथुच चक्रबर्तीका छोरा मिमोह चक्रबर्तीले अहिलेसम्म आफुलाई स्थापित गर्न सकेका छैनन् । जबकी मिथुन उत्कृष्ठ डान्स गर्नेमा माईकल ज्याक्सन र मोहम्मद अलिपछि तेस्रो ब्यक्तिका रुपमा चिनिन्छन् ।

मिमोहले जिम्मी, द मर्डर, लुट लगायत आधा दर्जन फिल्ममा काम गरेका छन् । उनले अभिनय गरेका अधिकांश फिल्म असफल छन् ।

राहुल खन्नाः बिनोद खन्नाको छोरा राहुल खन्नाले पहिलो फिल्मवाट राम्रै सफलता पाएका थिए । हिन्दी फिल्म ‘अर्थ’को सफलताले उत्साहित राहुलले खास प्रगती गर्न सकेनन् । जबकि बिनोद आज पनि उत्तिकै चर्चित छन् ।

राहुल खन्ना
राहुल खन्ना

कुणाल गेस्वामीः मनोज कुमार अहिले पनि देशभक्ति फिल्मका लागि प्रसिद्ध छन् । उनले केही फिल्मको निर्देशन समेत गरेका छन् । जबकि उनका छोरा कुणाल गोश्वामीलाई अहिले पनि करिअरकै चिन्ता छ । कुणालले घुंघरु, कलाकार, पाप लगायतका फिल्ममा काम गरेका छन् ।

सुनिल आनन्दः देब आनन्द अहिले पनि भारतका लिजेन्ड कलाकार मानिन्छन् । अभिनेताको अतिरिक्त निर्माण र निर्देशनमा पनि उनि उत्तिकै सफल रहे । तर, उनका छोरा सुनिल आनन्दले बलिउडमा आफुलाई स्थापित गर्नै सकेनन् । सुनिलले पीता पुत्रको सम्बन्धमा आधारित फिल्म ‘आनन्द और आनन्द’ मा काम गरेका थिए । उक्त फिल्मको असफलतापछि फेरी अभिन गर्ने हिम्मत गरेनन् ।

उदय चोपडाः प्रसिद्ध निर्देशकको सूचीमा सूचीकृत छन् यश चोपडा । तर, उनकै छोरा उदय चोपडा आजसम्म स्थापित हिरोको सूचीमा पर्न सकेका छैनन् । ‘मोहब्बते’वाट करिअर सुरु गरेका उदयले अन्य केही फिल्ममा काम नगरेका होईनन् । तर, स्थापित हुन सकेनन् ।

रिया सेनः मुन मुन सेनकी छोरी हुन् रिया सेन । मुन मुनले आफ्नो सुन्दरता र अभिनयको कारण गहिरो छाप छाडेकी थिईन् बलिउडमा । उनकी छोरी रिया हेर्दामा जति सुन्दर छिन् तर, प्रभाव पार्न सकिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment