Comments Add Comment

गोरखाबाटै शुरु गरौं भावनात्मक एकीकरणको अभियान

सुशील अर्याल
वैशाख १२ गते गएको भूकम्पबाट क्षत बिक्षत भएको गोरखा दरबारमा झण्डै एक महिनापछि ९ गते शनिबार बिहान १० बजेतिर पुग्दा  कालीका मन्दिर र गोरखनाथ गुफाका पुजारीहरु नियमित पुजा सकेर घर फर्किसकेका थिए ।

Gorkha

हतार हतार त्रासका बीच नियमित पुजा सकेर फर्कदै गर्दा पुजारी केशब खनाल केही तल भेटिए । भूकम्प पछि केही होसियारी पूर्बक भक्तजनलाई पुजा गर्ने ब्यबस्था मिलाईएपनि बैशाख २९ गते गएको भुकम्पले जोखिम बढाए पछि भने दर्शन र पुजाआजाका लागि रोकिएको रहेछ ।

एक त संञ्चारकर्मी त्यसमाथि जिल्लाबासी र अझै भूकम्प बाट पीडित भएको अबस्थामा आफनो घर र गोरखा दरबार कस्तो भयो होला भन्ने कौतुहलता बोकेर पुगेको थिएँ । हाम्रो आग्रह पछि पुजारी खनाल मन्दिर र्फकन तयार हुनुभयो तर अनुहारमा देखिएको त्रास को भाबले  हामीलाई समेत दोधार बनायो ।

दोधारमाबीच  हामी यस्तो अबस्थामा कालिका मन्दिर प्रबेश गर्‍यौ । खण्डहर बनेको दरबारको भग्नाबशेष छल्दै भन्दिर प्रबेश गर्न लाग्दा छेबैमा रहेका सुरुक्षाकर्मीहरु समेत अचम्म मानेको देख्यौ ।  ताकी कुनै ठुलो सुरुङ भित्र प्रबेश गर्देछौ फर्कने नफर्कने टुंगो छैन । भूकम्प अघि सम्म पुजाका बेला सुनिने सनाई, नगरा, दमाहको आबाज थिएन ।

Gorkha-1
बजाउने पार्टी खण्डहरु बनेका थिए ।सुनिएको थियो त केबल  डरका कारण  तिब्र गतिमा चलेको मुटुको घड्कन मात्र ।

करिब १० मिनेट जति कालिका मन्दिर भित्र बसेर बाहिर निस्कदा ठुलै युद्ध जितेको जस्तो अनुभब हुदो रहेछ । कालिकाको मूर्ति रहेको क्षेत्रलाई प्राबिधिकहरुले उच्च जोखिमको क्षेत्रका राखेपछि गोरखा दरबार हेरचार अड्डा र त्यहाका कर्मचारी दोधारमा परेका छन् । न जोखिम मोलेर दैनिक पुजाआजा गर्नु न पुजा छाड्नु । बर्षो देखी चलिआएको दैनिक पुजा रोक्न कसैको  मन मानेन त्यसैले पालै जाने मिलाएर नियमित पुजा भने भै रहेको छ । पुजारी खनाल भन्दै हुनुहुन्थो अब मुल भन्दिरमा जान बैकल्पिक बाटो बनाएर नित्यकर्म चलाउने तयारी मा छौ ।

करिब ३ सय वर्ष पुरानो दरबारको जगले शक्तिशाली कम्पनलाई पचाउन सकेन । १९९० सालको भुकम्पले सामान्य क्षति पुगेको गोरखा दरबारलाई बैशाख १२ गतेको भुकम्पले पूर्ण रुपमा क्षति पूर्‍यायो । गोरखा राज्यका राजा राम शाह देखि आधुनिक नेपालका पहिलो राजा पृथ्वीनारायण शाह सम्मका ११ शाह वंशले राज्य गरेको दरबार खण्डहर बनेको छ । त्यस माथि पनि प्रत्येक दिन जस्तो गएको पराकम्पनले झन कमजोर बनाउदै लगेको छ ।

थुम्कोमा रहेको कालिका मन्दिर संगै रहेका गोरखनाथको रोटपाटी चौघेरा, सित्तल पाटी, दमाई पाटी, पूण्र्ँकोट, पशुपतिनाथ मन्दिरमा पूर्ण क्षति भएको छ । मन्दिरका झ्याल, ढोका टुडाल धराप बनेर बसेका छन् । पृथ्बी नारायण शाहले सुरु गरेको नेपाल एकिकरणको केन्द्रबिन्दु गोरखा अहिले भूकम्पको केन्द्रका कारण चर्चामा छ त तर एउटा ईतिहास पुन निर्माणका लागि याचना गरिहेको छ ।

भत्किएको ईटा  माटो र काठ मात्र होईन  आधुनिक नेपालको सुनौलो ईतिहास पनि हो तसर्थ अब जोड्नु पर्छ आधुनिक नेपालको एकिकरण ईतिहास जस्तै प्रत्येक ईट्टा, टुडाल र भाबनाहरु । मन्दिर भत्किएको हो तर मन भत्किन दिनु हुदैन पुन निर्माण गरी फेरी गोरखाबाटै एकताको भाबनात्मक  सम्बन्धले नेपाललाई जोड्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment