Comments Add Comment

भूकम्पको अति प्रभावित क्षेत्रमा निःशुल्क वाईफाई

११ जेठ, काठमाडौ । इन्टरनेट सेवा प्रदायक कम्पनी विभिन्न कम्पनीहरुले भूकम्पबाट अतिप्रभावित क्षेत्रमा निःशुल्क वाईफाई सेवा सेवा प्रदान गरेको छ ।

वर्ल्ड लिंक, सुविसु तथा लुम्बिनी नेटले नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको मेलम्ची, गोरखाको आरुघाट तथा दोलखाको चरिकोट क्षेत्रमा वाईफाई सेन्टर स्थापना गरी निःशुल्क सेवा प्रदान गरेका हुन् ।

internet-free wifiप्रभावित क्षेत्रकाजनतामा सूचनाको पहुच सिघ्र होस भन्ने हेतुले नेपाल सरकार, गृह मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक संघको सहकार्यमा संघ मातहतमा रहेको वर्ल्ड लिंक तथा लुम्बिनी नेटको पहलमा मुख्य केन्द्रविन्दु रहेको गोरखाको वारपाकमा पहिलोपल्ट उच्चगतिको इन्टरनेट निःशुल्क रुपमा प्रदान गरिएको पनि संघले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले मोवाईल चार्जिङ सेन्टर समेत स्थापना गरेको छ ।
ईन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फरले दोलखाको चरिकोटमा वाईफाई सेन्टर स्थापना गरी निःशुल्क वाईफाई नेट सेवा दिँदै आएको छ ।

यस्तै, नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको मेलम्ची, गोरखाको आरुघाट दोलखाको चरिकोट क्षेत्रमा क्षेत्रमा वल्र्ड लिंक तथा लुम्बिनी नेटको पहलमा कम्युनिकेशन सेन्टर स्थापना गरी निःशुल्क वाईफाई इन्टरनेट सेवा दिँदै आएको संघले जनाएको छ ।

इस्पानले गर्यो राहत वितरण

इन्टरनेट सेवा प्रदायक संघ (इस्पान)ले गोरखाका भूकम्पपीडितहरुलाई राहत वितरण गरेको छ ।
भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा रहेका पिडित जनताकालागि सेवा प्रदायक कम्पनीहरु मर्कन्टायल, वर्ल्ड लिंक, भायनेट, वेभ सर्फर, सुविसु, ब्रोडलिंक, क्लासिटेक, नेटम्याक्स तथा लुम्बिनी नेट अगायतले तत्काल राहत स्वरुप खाद्यान्न तथा राहत सामग्री वितरण गरिएको थियो ।

यस्तै, ईन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुले तत्कालै विभिन्न देशबाट आएका अन्तराष्ट्रिय रिलिफ टिमलाई अतिआवश्यक संचार सुविधा सुचारु राख्नका लागि यूएन डब्लु एफपी र ईमरजेन्सी टेलिकम्यूनिकेशन क्लस्टसँंग समन्वय गरी इन्टरनेट तथा डाटाका लागि एक सय एमबीपीएस ब्याण्डविथ उपलब्ध गराएको संघले जनाएको छ ।

सुबिसुले भूकम्पपीडित तथा पुनस्र्थापनाका लागि राहत स्वरुप २० लाख, प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा रकम प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment