Comments Add Comment

कलाकारको काम देखेर प्रधानमन्त्री खुशी, बोर्डले दियो ५ लाख

kalakar-with-pm

चलचित्र विकास बोर्डले प्रधानमन्त्री दैविक प्रकोप तथा उद्दार राहत कोषमा नगद ५ लाख सहयोग गरेको छ । आज बिहान प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेर बोर्डका सदस्यहरुले ५ लाख सहयोग गरेका हुन् । बोर्डका सदस्यहरु सुरेशदर्पण पोख्रेल, राजेन्द्र केसी र रुपा राना प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका थिए ।

यस्तै, सोही समयमा प्रधानमन्त्रीलाई कलाकारहरुले काभ्रेको रामपुर डाँडामा तयार पारेको घरको नमुना हस्तान्तरण गरेका छन् । ‘हामी सबैका लागि’ अभियान अन्र्तगत उनीहरुले रामपुर डाँडामा ४० वटा अस्थायी टहरा बनाएका थिए ।

प्रधानमन्त्री कोइरालाले कलाकारको काममा खुशी व्यक्त गर्दै छोटो समयमा अस्थायी टहरा बनाएर स्थानिय बासिन्दालाई हस्तान्तरण गरेकोमा धन्यवाद पनि दिए ।

यो अभियान अन्र्तगत अब काठमाण्डौ, गोरखा र नुवाकोटमा अन्य १ सय अस्थायी टहरा बनाउने तयारी भएको संयोज सुरेश दर्पणले जानकारी दिएका छन् । प्रधानमन्त्री कोइरालासँगको भेटमा केकी अधिकारी, वेनिशा हमाल, नन्दिता केसी, यशराज, राजन काफ्ले, अजय पोख्रेल सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment