Comments Add Comment

भूकम्प प्रभावित १४ जिल्लाका किसानलार्इ निःशुल्क धानको बिउ

paddy 1११ जेठ, काठमाडौं । सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका किसानलाई निःशुल्करूपमा धानको बिऊ उपलब्ध गराउने भएको छ । भूकम्पका कारण किसानले भण्डारण गरेको बिऊ क्षती भएको भन्दै कृषि मन्त्रालयले प्रभावित क्षेत्रका किसानलाई निःशुल्क बिऊ दिने तयारी गरेको हो ।

सिफारिस जातको ४ सय २३ मेट्रिक टन अर्थात् ४ करोड ३३ लाख रूपैयाँ बराबरको धानको बिऊ प्रभावित क्षेत्रका किसानलार्इ उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

आगामी दुई हप्ताभित्र बिऊ वितरण गरिने मन्त्रालयको तयार छ । त्यसैगरी किसानको समस्यालाई मध्यनजर गर्दै सरकारले यस बर्ष सहुलियत रूपमा रासायनिक मल उसमेत उपलब्ध गराउने भएको छ । प्रभावित जिल्लालाई केन्द्रित गरी भारत सरकारसँग रासायनिक मल आयात गर्ने विषयमा छलफल भइरहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन ।

 परराष्ट्र मन्त्रालय मार्फत सहुलियत रूपमा १ लाख मेट्रिक टन रासायनिक मल उपलब्ध गराउन भारत सरकारसँग छलफल भइरहेको उनीहरूले बताएका छन । यद्यपी सहुलियतमा दिइने भनिएको मलको मुल्य भने मन्त्रालयले तोकिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment