Comments Add Comment

भूकम्प पीडितलाई महिला उद्यमीद्धारा राहत वितरण

Mahila-Udyami-Rahat-4
११ जेठ, काठमाडौं । महिला उद्यमीहरुले काभ्रे कुशादेवी घट्टेडाँडाका भूकम्प प्रभावित परिवारलाई राहत वितरण गरेका छन् । सौन्दर्य कला व्यवसायी संघ र नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी समितिको संयुक्त पहलमा राहत वितरण गरिएको हो ।

कुशादेवीका ४५ परिवारलाई खाद्यन्न तथा लुगाफाटा वितरण गरेको महिला उद्यमी समितिकी सभापती कमला श्रेष्ठले जानकारी दिइन् । पीडित परिवारलाई चामल, दाल, तेल, नुन, बिस्कुट, जुस, झुल, त्रिपाल, ब्लाङ्केट, साबुन, फिनेल, अस्थाई ट्वाइलेट, लुगाफाटा लगायत प्रदान गरेको उनको भनाई छ ।

Mahila-Udyami-Rahat-3

‘राजधानीबाट नजिक भएपनि अहिलेसम्म उक्त गाविसमा ठूलो राहत सामाग्री पुग्न सकेको रहेन्छ’ सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष समेत रहेकी श्रेष्ठले भनिन्- ‘हामी पुगेर राहत प्रदान गरेपछि स्थानियहरु निकै हषिर्त देखिए ।’

महिला व्यवसायीलाई राहत सामाग्री संकलन तथा वितरण गर्नका लागि नेपालसाइटका सञ्चालक निश्चल श्रेष्ठले सहयोग गरेका थिए । उनी भूकम्प गएपछि पीडितलाई सहयोग गर्न अमेरिकाबाट नेपाल आएका हुन् । राहत वितरणमा काभ्रे उद्योग वाणिज्य संघले ठूलो सहयोग पुर्‍याएको सभापति श्रेष्ठले बताइन् ।

Mahila-Udyami-Rahat-2

यसका अलवा नवलपरासी, स्याङ्जा, रुपन्देही, मोरङ, धनकुटा, बिर्तामोड, काठमाडौं, पाटन, ललितपुर, काभ्रे, जनकपुर, जलेश्वर र बेलायतमा रहेका सौन्दर्य कला व्यवसायी संघका च्याप्टरहरुले राहत संकलनमा सहयोग गरेको बताइएको छ ।

बुढानिलकण्ठ स्कुल पूर्वविद्यार्थी समाजले त्रिपाल, गुरुनानक सात्सङ नेपालले लुगा तथा खाद्यन्न, क्यारेवियन एजुकेशन फायन्डेसनले अस्थाई ट्वाइलेट उपलब्ध गराएको श्रेष्ठले बताइन ।

Mahila-Udyami-Rahat

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment