Comments Add Comment

नेपाली जनसम्पर्क समिति जापानले भूकम्प प्रतिरोधी घर बनाइदिने

काठमाडौं । नेपाली जनसम्पर्क समिति जापानले भूकम्प प्रतिरोधात्मक घर बनाउन जापानी विज्ञ नेपाल ल्याउने भएको छ ।

Nepali-Janasamparka-Simiti-

भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्दै आएको समितिले सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै घरबारविहीनलाई भूकम्प प्रतिरोधी भवन बनाइदिने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष नारायण सुवेदीले भविष्यमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न जापानी विज्ञ र प्रविधि नेपाल ल्याउने बताए । समितिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जसँगको समन्वयमा भूकम्प पीडितहरुको मनोबल उच्च राख्न काउन्सिलिङ कार्यक्रम गर्ने योजना पनि बनाएको छ । यसैगरी भूकम्प पीडित बालबालिकाहरुलाई शिक्षा तथा छात्रवृत्तिको व्यवस्था पनि गर्ने सुवेदीले बताए ।

समितिले हालसम्म भूकम्प पीडित १ सय घर परिवारलाई २० लाख रुपैयाँ बराबरको जस्तापाता, खाद्यान्न तथा अमेरिकन मेडिकल समूहको सहकार्यमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको छ ।

नेपालका भूकम्प पीडितहरुलाई सहयोग गर्न जापानबाट समितिका अध्यक्ष नारायण सुवेदीसहित निवर्तमान अध्यक्ष बलराम श्रेष्ठ, प्रवक्ता रामशरण, रेशम कुमार, विमल ज्ञावली लगायत नेपाल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment