Comments Add Comment

सोनाक्षीलाई पनि आलिया र श्रद्धा जस्तै बन्ने रहर

sonaxi-sinha
बलिउडमा अहिले नायिकाहरु गायिका बन्ने लहर नै चलेको छ । आलिया भट्ट, श्रद्धा कपुर, प्रियंका चोपडा लगायतका नायिकाहरु गायिका भैसके ।

अब, यस्तै रहर अर्की नायिका सोनाक्षी सिन्हालाई पनि लाग्न थालेको छ । उनी अब आफ्नो गायनकलालाई सुधार्ने तयारीमा लागेकी छिन् । टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल जुनियर’मा मुल्यांकनकर्ताको भूमिकामा बसेपछि सोनाक्षीमा पनि गायिका बन्ने रहर जागेको हो ।

यो शो सोनी च्यानलमा मे ३० बाट प्रशारण हुनेछ । सानो छँदा गायनमा रुची भएपनि पछिल्ला दिनमा भने उनले यसमा समय दिन सकिनन् ।

सोही कार्यक्रमका अर्का मुल्यांकनकर्ता विशाद ददलानीले सोनाक्षीको स्वर राम्रो भएको बताए । यसपछि भन्, यी नायिकालाई गायिका बन्ने रहर जागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment