Comments Add Comment

उप्रेतीको पार्थिव शरीरमा जब अनुपले चुमे…(तस्वीर सहित)

bharat raj uprati

११ जेठ, काठमाडौं । रातोपुलस्थित निवासमा झुण्डिएर आत्महत्या गरेका सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीको पार्थिव शरीरमा सभामुख सुवास नेम्वाङले श्रद्धाञ्जली दिएका छन् ।

कानुन व्यवसायी समेत रहेका नेम्वाङ उप्रेतीको शव पोष्टमार्टमका लागि लगिएको त्रिवि शिक्षण अस्पताल पुगेर श्रद्धाञ्जली दिएका हुन् । उप्रेतीलाई आफन्त, शुभचिन्तक र बिभिन्न व्यक्तित्वहरुले लामबद्ध भएर पालैपालो श्रद्धाञ्जली दिएका थिए ।

उनीहरु भावविह्वल मुद्रामा थिए । उप्रेतीका छोरा अनुपराजले बुवाको मुखमा गङ्गाजल दिए र निधारमा चुमे । उप्रेतीलाई श्रद्धाञ्जली दिन जम्मा भएकाहरु यो दृष्यले झन् शोकमग्न भए ।

(यो पनि पढ्नुस् : पूर्वन्यायाधीश उप्रेतीको न दाहसंस्कार, न किरिया)

प्रहरीका अनुसार तीनतले घरको दोस्रो तलाको सिलिङ फ्यानमा नाइलनको डोरीको पासो लगाएर उप्रेतीले आत्महत्या गरेका थिए ।

हेर्नुहोस् तस्वीर

bharat raj uprati

bharat raj uprati (3)

bharat raj uprati (4)

bharat raj uprati (5)

bharat raj uprati (8)

bharat raj uprati (10)

bharat raj uprati (2)

bharat raj uprati (6)

bharat raj uprati (11)

bharat raj uprati (13) bharat raj uprati (9)

bharat raj uprati (1)

तस्वीर : कविन अधिकारी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment