Comments Add Comment

पुरानो चलचित्र चलाएर दिपक-दीपाले भूकम्प पीडितलाई घर बनाइदिने

deepak-and-deepa
आफूहरुले निर्माण गरेको पुरानो चलचित्र ‘६ एकान ६’को प्रदर्शन फेरि गर्ने तयारीमा यसका निर्माताहरु लागेका छन् । हाँस्य कलाकारहरु दिपकराज गिरी र दीपा श्री निरौलाले भूकम्प पीडितका लागि घर बनाउन सहयोग गर्ने भन्दै पुरानो चलचित्रको पून प्रदर्शन गर्न  लागेका हुन् ।

निर्मात्री तथा कलाकार निरौलाले अनलाइनखबरसँग कुरा गर्दै चलचित्रबाट आएको सम्पूर्ण शेयर रकम अस्थायी घर निर्माणका लागि लगाइने बताइन् । उनले कुन ठाउँमा घर बनाउने भन्ने बिषयमा भने केही पनि भनिन् ।

आउँदो शुक्रबारबाट यो चलचित्र देशभरका भूकम्पले नबिगारेका हलमा लाग्नेछ । यो चलचित्र प्रदर्शनमा आएको डेढ बर्ष बढी भैसकेको छ । यो जोडीले चलचित्र ‘वडा नम्बर ६’ पनि निर्माण गरिसकेको छ । जुन चलचित्र असोज १ गतेबाट चल्दैछ ।

पुरानो चलचित्र फेरि हेरेर मनोरञ्जन लिन र भूकम्प पीडितलाई सहयोग गर्न कलाकार तथा निर्माता दिपकराज गिरीले आग्रह गरेका छन् । तर, अहिले बास्तविक सहयोग गर्ने चाहना भएको भए पुरानो चलचित्र भन्दा नयाँ चलचित्र दिपक र दीपाले किन चलाएनन् भनेर टिप्पणी पनि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment