Comments Add Comment

भूकम्पपछिको दोस्रो सेयर कारोबार : नेप्से २९ अंकले घट्यो

११ जेठ, काठमाडौं । भूकम्पपछि कारोबार खुलेको दोस्रो दिन सोमबार २९ अंकले घटेर नेप्से परिसूचक ८ सय ८० अंकमा झरेको छ । विनाशकारी भूकम्पका कारण एक महिना अवरुद्ध भएर बजार खुलेको पहिलो दिन आइतबार नेप्से सूचक २८ अंकले घटेको थियो ।

nepse-index,-2072,-2,-11भूकम्पले अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएपछि सूचिकृत कम्पनीहरुको नाफा घट्ने विश्लेषणका आधारमा सेयर बजारमा नकरात्मक असर परेको हो । जलविद्युत, बीमा र बैंकिङ समूहका सूचक उच्च अंकले घटेका छन । उत्पादनमूलक र अन्य समूहको सूचकमा सामान्य गिरावट आएको छ भने व्यापार समूहको सूचक सामान्य अंकले बढेको छ ।

सोमबारको कारोबारमा जलिवद्युत समूहको सूचक १ सय ४० अंकले, बीमा समूहको सूचक ४१ अंकले र वाणिज्य बैंक समूहको सूचक ३७ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । त्यसैगरी, विकास बैंक समूहको साढे ८ अंकले, फाइनान्स समूहको ३ अंकले, उत्पादनमूल समूहको सूचक १९ अंकले र अन्य समूहको सूचक साढे २ अंकले घटेको छ । यो दिन व्यापार समूहको सूचक भने १.२२ अंकले घटेको छ ।

सोमबार नेपाल स्टठक एक्सचेञ्जमा ५० कम्पनीका १ लाख ८१ हजार कित्ता सेयर १३ करोड ६३ लाख रूपैयाँमा किनबेच भयो । भूकम्पअघि नेप्सेमा दैनिक १ सय ३० देखि ५० कम्पनीका पाँच लाख देखि १० लाख कित्ता सेयर ३० देखि ६० करोड रूपैयाँमा किनबेच हुँदै अाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment